इन्टरविरुद्ध रोमाको पुनरागमन

एक गोलले पछि परेको स्थिति उल्टाउँदै एएस रोमाले इन्टर मिलानलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शनिबार राति भएको सिरिए ए अन्तरगतको खेलमा रोमा २–१ गोलले विजयी भएको हो ।खेलको पहिलो हाफमा फेडेरिको डिमार्कियोले इन्टरलाई अग्रता दिलाएका थिए । तर नौ मिनेटपछि नै पाउलो डिबालाले खेल बराबरी गरे । दोस्रो हाफको ७८ औँ मिनेटमा क्रिस स्मालिङले गोल गर्दै रोमाको पुनरागमन पुरा गरे । रोमाले सन् २०१७ को फ्रेबुअरी यता पहिलोपटक इन्टरलाई हराएको हो । जीतसँगै रोमा लिगको चौथो स्थानमा उक्लिएको छ । इन्टर भने स