एशियाकै पहिलो तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

चैत २९, काठमाडौं । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो । कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको ‘पिलर’ निर्माण भएको छ । २५ मिटर उचाइसहितको भ्यूटावर, तीन जिल्लाको तीनैतर्फ १७७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । नेपालकै चार धाममध्येको एक धाम रुरुक्षेत्र धाम रिडीमा गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । कालीगण्डकी नदीमाथि निर्माण गरिएको आकर्षक पुल हेर्नका लागि आन्तरिक पर्यटकको पछिल्लो समयमा चहलपहल बढेको हो ।  निर्माण थालनी गरिएको सात वर्षसम्म पुलको काम सम्पन्न नहुँदा स्थानीय बासिन्दा निरुत्साहित बनेका थिए । तर पछिल्लो दुई वर्षयता पुल निर्माणले गतिमा लिएकोे हो । अहिले पुलको दुईतिर जाली, लाइटिङ, टपमा सोलार र भर्‍याङ, रेलिङ निर्माण र झण्डा राख्ने संरचना निर्माणको काम भइरहेको छ । आगामीे वैशाख महीनाभित्र सम्पूर्ण काम पूरा गरी पुलको उद्घाटन गर्ने तयारीमा रहेको लभलीना कन्स्ट्रक्शनका निर्माण व्यवसायी सुशान्त यादवले बताए । कालीगण्डकी नदीमा बाढी, पहिरो, कोरोना, आर्थिक अभावले समयमै पुलको निर्माण सम्पन्न गर्न झमेला भएको उनले बताए ।  रू. नौ करोड ८८ लाख २६ हजार ३३२ मा नयाँ बाटो रुबिना मना जेभीले  ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वधार विभागअन्तर्गतको  झोलुङ्गे पुल शाखासँग पुलको ठेक्का सम्झौता गरेको थियो । पुल निर्माण अन्तिम चरणमा पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने देखिएको छ ।  स्थानीय बासिन्दा विष्णु परियारका अनुसार पुलमा टहलिन आन्तरिक पर्यटक त्यहाँ पुग्न थालेका छन् । कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेश मन्दिरको दर्शन गरी सो पुलमा पुगी रमाइलो गरी गन्तव्य फर्किन थालेको उनले बताए । विसं २०७१ मंसिर १५ गते निर्माण थालिएको थियो । रासस

सम्बन्धित सामग्री

कालीगण्डकीमा निर्मित तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

२३ माघ, चितवन । स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । कालिगण्डकी नदीमा बनाइएको यो पुलले स्याङ्जाको कालीगण्डकी-१ कारिकोट चन्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका-१४ अर्गली र गुल्मीको रुरु गाउँपालिका-१ रिडीलाई जोड्ने गर्दछ । २०७१ साल असार १० गते नयाँ बाटो-रुबिना-मना-जेबीले ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वाधार विभाग अन्तर्गतको झोलुंगे […]

यसरी बन्दै छ  तीन जिल्ला जोड्ने झोलुङ्गे पुल (फोटो फिचर)

पाल्पा : तीन जिल्ला जोड्ने तीनमुखे झोलुङ्गे पुल निर्माण कार्यले गति लिएको छ।पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा र गुल्मी जोड्ने तीनमुखे झोलुङ्गे पुलको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। ठेकेदार कम्पनी र सरकारबीच तालमेल नहुँदा समयमै यो पुल निर्माण हुन सकेको थिएन। ०७१ साल असारमा ठेक्का सम्झौता भएको यो पुलको निर्माण कार्य २०७४ असार ९ गतेसम्म सम्पन्न गर्नुपर्ने थियो। तर सम्झौताअनुसार ७ वर्ष बढी म्याद गुज्रिसकेको छ।ठेकेदार र सरकार एक अर्काबीच आरोप प्रत्यारोप गर्दा निर्माणको काम प्रभावित भएको थिय