शिक्षामा सङ्घीयताविरोधी सहमति

नेपालको संविधानले आधारभूत तथा माध्यमिक तहको शिक्षालाई स्थानीय तहको एकल अधिकारका रूपमा सुनिश्चित गरेको छ । सामुदायिक विद्यालयको पढाइ खस्कँदै गएकोमा सर्वत्र चिन्ता भइरहेका बेला शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले संविधानमा यस्तो व्यवस्था गरिएको हो । यसका पछाडि गुणस्तर सुधारको चिन्तन त छ नै, साथै स्थानीय तहलाई अधिकार दिएर व्यावहारिक हिसाबले सङ्घीयता कार्यान्वयनको दिशातर्फ अघि बढोस् भन्ने यसको अर्को मूल ध्येय हो । त्यसो त संविधानमै उल्लेख गरिएको उक्त व्यवस्थालाई थप प्रस्ट पार्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी दरबन्दी मिलानको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइएको छ । ऐनमा प्रारम्भिक बाल वि

सम्बन्धित सामग्री

खस्किंदो शिक्षा क्षेत्रलाई उकास्ने केही सुझाव

विश्वको औसत खर्चभन्दा तल हाम्रो शिक्षामा लगानी भएकाले आगामी बजेटमा शिक्षा क्षेत्रमा लगानी बढाउने प्रयास गरौं। शिक्षामा राजनीतीकरण रोक्ने एजेन्डामा राष्ट्रिय सहमति बनाऔं। जस्तो कि ट्रेड युनियन बाहेक पार्टीको सदस्यता लिनु गैरकानुनी हुन्छ।

शिक्षामन्त्रीको प्रष्टीकरण : शिक्षामा स्थानीय तहको अधिकार खोस्दैनौं

१ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग गरिएको ५५ बुँदे सहमतिले स्थानीय तहको अधिकार नखोस्ने प्रष्टीकरण दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले शिक्षक महासंघका माग पूरा गर्ने क्रममा संघीय प्रणालीलाई हस्तक्षेप नगर्ने सहमति गरेको पनि बताए । शिक्षामन्त्री र शिक्षक महासंघबीच ९ फागुनमा भएको सहमतिका कतिपय […]

शिक्षामा पालिकाको अधिकार नखोस्न माग

स्थानीय तहले पाएको माध्यमिक शिक्षासम्मको अधिकार खोस्ने गतिविधि नगर्न विज्ञहरूले शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघलाई आग्रह गरेका छन् । संविधानले नै स्थानीय सरकारलाई दिएको अधिकार कटौती गर्दा संघ र प्रदेशबीच द्वन्द्व बढ्ने तथा त्यसको असर शिक्षा क्षेत्रमा पर्ने उनीहरूले बताएका छन् । शिक्षा मन्त्रालयले फागुन दोस्रो साता शिक्षक महासंघसँग स्थानीय तहको अधिकारको एकल सूचीमा रहेको माध्यमिक शिक्षासम्मको सञ्चालन र व्यवस्थापनको जिम्मा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारमा फर्काउने सहमति गरेको थियो ।

आयोगले तोकेभन्दा एमविविएसमा बढी शुल्क लिन नपाउने

राष्ट्रिया चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षामा निर्धारित गरेकोभन्दा बढी शुल्क शैक्षिक संस्थाले लिन नपाउने सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार राष्ट्रिय चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक एवं विद्यार्थीबीच भएको छलफलमा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने सहमति भएको हो । मन्त्रालयका …

डा. केसीले अनशन तोडे

चिकित्सा शिक्षामा सुधारका लागि विभिन्न माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारी वार्ताटोलीबीच शनिबार मध्यराति आठबुँदे सहमति भएको छ।

चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरू

प्रकाश सिलवाल काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जनबारे  सरकार र चिकित्सक डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमतिलाई सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले मसिनो गरी केलाउन थालेका छन्। चिकित्सा शिक्षामा दीर्घकालीन प्रभाव पर्न सक्ने भएकाले उक्त कानून बनाउँदा केसीसँगको सहमति र मुलुकको आवश्यकतालाई...

आज अनशन तोड्दै डा. केसी, ६ बजे पत्रकार सम्मेलन र सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ: चिकित्सा शिक्षामा सुधारकाे माग राख्दै दुई सातादेखि अनशनरत डा. गाेविन्द केसीले आज (बुधबार) अनशन तोड्ने भएका छन्। आगामी मंसिर ६ गते बस्ने मन्त्रिपरिषदको बैठकले अध्यादेशमार्फत चिकित्सा शिक्षा विधेयक ल्याउने, सबै प्रदेशमा मेडिकल कलेज खोल्ने सहमति भएपछि आज साँझ ६ बजे पत्रकार सम्मेलन गरी सरकारपक्षसँग सहमतिपत्रमा...