घोराहीका मेयर चौधरीको आक्रोश : ठेक्कापट्टा संघ र प्रदेशले लगाउने, गाली चाहिँ हामीले खाने ?

काठमाडौं, ५ साउन । घोराही उपमहानगरपालिकाका मेयर एवं नेपाल नगरपालिका संघका महासचिव नरुलाल चौधरीले जनतामा उत्साह थपिने गरी बजेट नपाएको गुनासो गरेका छन् । ‘मेरो पहिलो कार्यकालमा कानुन निर्माण, भौतिक पूर्वाधारको विकास र सामाजिक सुधारका कामले जनतामा आशा जगाएको थियो । तर दोस्रो कार्यकालमा केही शिथिलता आएको छ । सोचेजस्तो काम हुन सकेको छैन । […]