बानेश्वरमा सिलिन्डर विष्फोट गराएको आरोपमा पक्राउ परेका ४ जना पुर्पक्षका लागि थुनामा

काठमाडौं– सिलिण्डर ग्यास विष्फोट गराएको आरोपमा पक्राउ परेका चार जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । यसअघि वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका क्रममा राजधानी काठमाडौँमा सिलिन्डर विष्फोट गराएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला अदालतले पुर्पक्षकाका लागि थुनामा पठाउन आदेश दिएको हो । उनीहरू गोरखाको […]

सम्बन्धित सामग्री

बानेश्वरमा सिलिन्डर विष्फोट गराउने ४ जना कारागार चलान

वैशाख ३० मा बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि ग्याँस सिलिन्डर विष्फोट गराउने ४ जनालाई अदालतले थुनामा राख्न आदेश गरेको छ । विष्फोट गराएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले गोरखाका हरिकृष्ण थापा, काभ्रेका करण श्रेष्ठ, भोजपुरका युवराज थापा र खोटाङका भरत कुमार राई उर्फ ‘बिके सिंह’ लाई पक्रेर मुद्दा चलाएको थियो ।विष्फोटक पदार्थ सम्बन्धी कसुरमा जिल्ला  अदालत काठमाडौंले बिहीबार उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो । अदालतको आदेशअनुसार विष्फोटमा संलग