किभमा आक्रमण : रुसले भन्यो, क्रिमिया पुल विस्फोटको बदला लिएका हौँ

युक्रेनका राजधानी किभमा क्षेप्यास्त्र प्रहार सहितको बममारीमा कम्तीमा १४ जनाको मृत्य भएको छ। कयौँं घाइते भएका अधिकारीहरूले बताएका छन्। किभका तारास शेभचेन्को पार्क, विश्वविद्यालय भवन र बालबालिकाको खेल मैदान क्षेत्रमा सोमबार बमबारी भएको बीबीसीले जनाएको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई क्रिमियासँग जोड्ने प्रमुख पुलमा शनिबार भएको विस्फोटको बदला लिएको बताए। युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले एक अवहेलना भिडियोमार्फत युक्रेन नडराउने प्रतिक्रिया दिएका छन्। युक्रेन एकताबद्ध