प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत मागेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भाग लिएनन् ।
देउवाले राखेको प्रस्तावमा एमालेका तर्फबाट सचिव प्रदीप ज्ञवालीले सम्बोधन गरिरहेका छन् ।
वैशाख २७ गते केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले सम्बोधन गरेका थिए ।
देउवाले विश्वासको मत लिनका लागि बसेको प्रतिनिधि सभाको बैठकमा ओली सहभागी छन् ।