बागलुङ नगरपालिकाद्वारा १ अर्ब ५ करोडको बजेट प्रस्तुत

असार १०, बागलुङ । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ५ करोड बढीको बजेट प्र्रस्तुत गरेको छ । नगरपालिकाको नवौं नगरसभामा बिहिबार उपप्रमुख सुरेन्द्र खड्काले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि १ अर्ब ५ करोड ६८ लाख रुपैयाँको बजेट विनियोजित गरेको जानकारी दिए ।  खड्काले चालु खर्च तर्फ १३ करोड, पूँजीगत खर्च तर्फ १ करोड ११ लाख, वडा कार्यालय सञ्चालन खर्च ७० लाख, नगर विकास कोषको भुक्तानीका लागि ५० लाचख, नगर विकास कोषको साँवा भुक्तानीको लागि ५० लाख गरी १५ करोड ८१ लाख रुपैयाँ विनियोजित गरेको बताए ।  नगरपालिकाले आर्थिक विकास तर्फ कृषिको लागि १ करोड ५९ लाख, पशु विकास तर्फ ६९ लाख, सहकारी संस्थाहरुको नियमन तथा प्रबर्धनको लागि १० लाख, पर्यटन क्षेत्रमा १ करोड १० लाख, उद्यम विकास तथा रोजगार प्रबर्धन तर्फ ४ करोड उनानब्बे लाख रुपैयाँ बिनियोजन गरिएको छ । शिक्षा विकास व्यवस्थापन र सञ्चालन तर्फ ३९ करोड ५१ लाख २४ हजार रुपैयाँ बिनियोजन गरिएको छ ।  स्वास्थ्य तर्फ ७ करोड ५८ लाख ६५ हजार, युवा तथा खेलकुद विकास विकासतर्फ बाङेचौर खेल मैदान निर्माणका लागि ३ करोड ४२ लाख, मेयर कप कार्यक्रम र राष्ट्रपति रनिङ शिल्ड, खेलकुद मैदान सुधार र विस्तारका लागि ९३ लाख ५० हजार रुपैयाँ, लेङ्गिक समानता तथा सामाजिक समावेशिकरण तर्फ ७४ लाख रुपैयाँ बिनियोजन गरिएको छ । संरक्षित आप्रवाशन परियोजनाको लागि ६४ लाख, भाषा, साहित्य र कला संस्कृति तर्फ ३५ लाख रुपैयाँ र खानेपानी आयोजनाका लागि ५८ लाख विनियोजन गरिएको उपप्रमुख खड्काले जानकारी दिएका छन् । लैंगिक समानता तथा सामाजिक समावेशिकरण, सुरक्षित आप्रवासन परियोजना, भाषा, साहित्य, कला र संस्कृती, सुरक्षित आवास व्यवस्थापन कार्यक्रमलाई समेत प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ ।

सम्बन्धित सामग्री

साँगाचोकगढी नगरपालिकाले ल्यायो १ अर्ब २४ करोड २९ लाख रुपैयाँ बजेट

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले आव ०७९–८० को बजेट प्रस्तुत गरेको छ । बाह्रौं नगरसभाअन्तर्गत उपप्रमुख सीता थापाले १ अर्ब २४ करोड २९ लाख ४७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् ।  प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ । नगरपालिकाले कृषि क्षेत्रका लागि ४ करोड विनियोजन गरेको छ  । त्यसैगरी पशु विकास सेवाका लागि २ करोड र रोजगार सिर्जनाका लागि १ करोड, स्वास्थ्य तर्फ ३ करोड ५० लाख विनिय

जनकपुरधाम उपमहानगरपालिकाको बजेट १ अर्ब ८० करोड

१० असार, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० का लागि रु १ अर्ब ८० करोड ७१ लख ४५ हजार बजेट ल्याएको छ । शुक्रबार उपमहानगरपालिकाका उप प्रमुख किशोरी साहले उक्त बजेट प्रस्तुत गरेका छन् । कुल बजेटमध्ये चालूतर्फ रु १ अर्ब ७ करोड ४१ लख २७ हजार र पूँजीगततर्फ रु […]

कर्णालीको राजधानी वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट

१० असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार नगरसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख निलकण्ठ खनालले चालुतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार र पुँजीगततर्फ ५३ करोड ५५ […]

धनगढी उपमहानगरपालिकाको बजेट १ अर्ब ८३ करोड

धनगढी- सुदूरपश्चिम प्रदेशको एक मात्रै उप महानगरपालिका रहेको धनगढीले आगामी आर्थिक वर्षका लागि एक अर्ब ८३ करोड बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको नगर सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै उप प्रमुख कन्दकला रानाले एक अर्ब ८३ करोड ८९ खा २४ हजार बराबरको बजेट प्रस्तुत गरिन् । आन्तरिक तर्फ […]

वीरगञ्ज महानगरद्वारा झण्डै ३ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत

काठमाण्डाै – आर्थिक वर्ष २०७९/८० का लागि वीरगञ्ज महानगरपालिकाले बजेट प्रस्तुत गरेको छ । वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले नगर सभाको ११ औं अधिवेशनमा ३ अर्ब ३३ करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार रुपैयाँ अर्थात ६२ दशमलव ०४ प्रतिशत रकम र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ अर्थात ३७ दशमलव ९६ प्रतिशत रकम छुट्याइएको छ । महानगरले शिक्षा, युवा तथा खेलकुदमा ६६ करोड ३८ लाख ३५ हजार, स्वास्थ्य तर्फ १ करोड २० लाख ३० ...

वीरगञ्ज महानगरद्वारा ३ अर्ब ३३ करोड ६३ लाखको बजेट प्रस्तुत

वीरगञ्ज महानगरपालिकाको नगरसभामा आर्थिक वर्ष २०७९–८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । उपप्रमुख इम्तियाज  आलमले  आर्थिक वर्ष २०७९–८० का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।शुक्रबार वीरगञ्जमा आयोजित नगरसभामा उपप्रमुख आलमले चालूतर्फ रु २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार गरि जम्मा रु ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरेका छन् ।

बागमती प्रदेशमा युवा तथा खेलकुदका लागि १ अर्ब २२ करोड बजेट

बागमती प्रदेश सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब २२ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ । नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुदमा १ अर्ब २२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् । बागमती प्रदेशले खेलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुदका लागि ७ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका ला

बेलबारी नगरपालिकाको बजेट १ अर्ब ३५ करोड ७० लाख

मोरङ– मोरङको बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरपालिकामा बिहीबार सम्पन्न आठौं नगरसभाका क्रममा चालु खर्चतर्फ ८७ करोड ६ लाख ९० हजार अर्थात ६४ दशमलव ३६ प्रतिशत र पूँजीगततर्फ ४८ करोड ४३ लाख ५६ हजार अर्थात ३५ दशमलव ६९ प्रतिशत बजेट […]

गोदावरीको बजेट १ अर्ब ८२ करोड

गोदावरी नगरपालिकाले रु १ अर्ब ८२ करोड पाँच लाखको बजेट पारित गरेको छ । ‘कृषि पूर्वाधार र पर्यटकीय नगरी, समावेशी स्वच्छ र समृद्ध गोदावरी’ भन्ने मूल नारासहित नगरपालिकाका उपप्रमुख मुना अधिकारीले आज नवौँ नगर सभामार्फत आउँदो आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट प्रस्तुत गरिन् । चालु खर्चतर्फ रु ९३ करोड ४४ लाख २० हजार  र पुँजीगत योजनातर्फ रु ८८ करोड ६१ लाख ४९ हजारको बजेट सर्वसम्मतले पास भएको छ । यसैगरी गोदावरीले मुलुकमा फैलिरहेको कोरोना महामारीलाई ध्यानमा राखी वडा नं ५ लेले तथा वडा न

वीरेन्द्रनगर नगरपालिकाले ल्यायो १ अर्ब ५६ करोडको बजेट (पूर्णपाठसहित)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ५६ करोड ५२ लाख रुपैयाँको बजेट ल्याएको छ । बिहीबार भएको नवौं नगरसभामा उपप्रमुख मोहनमाया ढकालले चालुतर्फ १ अर्ब १३ करोड १९ लाख र पूँजीगतर्फ ४३ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिको चालु आर्थिक […]