काठमाण्डाै – अहिले देशका धेरैजसो ठाउँमा मौसम बदली भइ पानी परिहेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले देशका विभिन्न ठाउँमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
अहिले दक्षिण एसियाली देशहरुकै मौसम बदली भएको र त्यही प्रणालीका कारण नेपालमा पनि वर्षा तथा हिमपात भइरहेको जलवायुविज्ञ डा धर्मराज उप्रेतीले जानकारी दिनुभयो । नेपालमा पानी पारिरहेको प्रणाली आज बेलुकीसम्म देशभर फैलने र यसको प्रभाव आउँदो सोमबारसम्म रहने उहाँले बताउन...