मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालन

मध्यपहाडी लोकमार्ग अन्तर्गत यहाँको कुश्मा नगरपालिका–८ चुवास्थित चाइनाचोक नजिकैको पहिरो हटाइएको छ । मङ्गलबार राति ९ः०० बजेको समयमा सडकमाथिबाट पहिरो झरेर पुरिएको सडकमा रहेका ढुङ्गा फुटाएर पन्छाइएपछि १९ घण्टामा सडक सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।“मङ्गलबार राति ९ः०० बजे पहिरो गएपछि रातिमा गुडेका सवारी पनि बाटोमै अलपत्र परेका थिए, बुधबार बिहानैबाट बाटो खुलाउन प्रयास गरिएकामा केहीबेर अघिबाट बाटो सञ्चालन भएको छ”, उनल

सम्बन्धित सामग्री

पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु

पर्वत । मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण ठाउँ ठाउँमा अवरुद्ध बनेको पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ स्थित तमादीखोला, दोविल्ला र मोदी गाउँपालिका वडा नं. ५ बाजुङ स्थित भ्याप्लेमा सडक माथिबाट खसेको पहिरोका कारण गएराती देखि नै अवरुद्ध सडक सुचारु भएको हो । तमादीखोला र […]

मध्यपहाडी लोकमार्ग असोजसम्ममा सम्पन्न हुने

पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण अन्तिम चरणमा पुगेको छ । केही ठाउँ बाहेक पर्वतको २४ किलोमिटर सडकको निर्माण सकिएको छ । कुश्माबजार र पातीचौर बजारमा ४ लेन र अन्य भागमा दुई लेनमा सडक विस्तार भइरहेको छ । मालढुंगादेखि नयाँपुलसम्म, डिमुवादेखि दोविल्लासम्म र चुवा क्षेत्र तथा छमर्केलगायत ठाउँमा कालोपत्रको काम सम्पन्न भइसकेको छ । साँघुरो र ठाउँ ठाउँमा भत्किएको सडक स्तरोन्नति भएपछि सवारी सञ्चालनमा अहिले धेरै सहज भएको सवारीचालक वसन्त बास्तोलाले बताए । भूकम्प, नाकाबन्दी, कोरोना महामारीदेखि बर्खामा बाढी पहिरोको चपेटामा परेर सडकको निर्माणले गति लिन नसकेको गुनासो छ । पटकपटक म्याद थप्दै निर्माण अगाडि बढाइएको छ । सबै समस्या हुँदाहुँदै पनि अबको दुई महीनाभित्र पर्वतखण्डको सबै काम सक्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रमुख मेगराज मरासिनीले बताए । पटकपटक थप गरिएको म्याद गुज्रँदै गए पनि काम भने नसकिँदा आलोचना हुँदै आएको छ । अब भने म्याद नथप्ने सोचमा रहेको आयोजना प्रमुख मरासिनीले बताए । पोखरा–बागलुङ राजमार्गको ६० किलोमिटर नै नयाँ स्वरूपमा रूपान्तरण भइरहेको छ । पर्वत खण्ड अन्तर्गतको २५ किलोमिटरमध्ये ९ किलोमिटर पूर्णरूपमा सम्पन्न भइसकेको छ । बाँकी १६ किलोमिटरमध्ये १२ किलोमिटरमा बेस बिच्छ्याइसकेको र अब ४ किलोमिटरमा दुवै काम गर्न बाँकी रहेको आयोजना प्रमुख मेघराज मरासिनीले जानकारी दिए । असार मसान्तमै सकिनुपर्ने काम भए पनि निरन्तरको वर्षाका कारण प्रभावित भएको र अबको २ महीनाभित्र पूरै काम सम्पन्न भएर आयोजनालाई हस्तान्तरण गरिने उनले बताए । पर्वत खण्डमा पर्ने कास्कीको नयाँपुलदेखि पर्वतको मालढुंगासम्मको २५ किलोमिटर सडक निर्माणको जिम्मा लामा कन्स्ट्रक्सनले पाएको थियो । सुस्त गतिमा भएको काम, कोरोना संक्रमणले पटकपटक भएको निषेधाज्ञा लगायत कारणले निर्धारित समयमा सम्पन्न हुन नसकेको हो । अब भने अधिकांश काम सकिएको र जम्मा १० प्रतिशत जति मात्र काम बाँकी रहेकाले २ महीनाभित्र पूर्णरूपमा सम्पन्न हुने आयोजना प्रमुख मरासिनीले जानकारी दिए । उनका अनुसार मालढुंगादेखि नयाँपुलसम्म, डिमुवादेखि दोबिल्लासम्म र चुवा क्षेत्र तथा छमर्केलगायत ठाउँमा कालोपत्रको काम समेत सम्पन्न भइसकेको छ । कुश्मा बजारभित्र र पातीचौर बजार क्षेत्रमा चार लेनको सडक विस्तार भए पनि अन्य स्थानमा दुई लेनमा सडक विस्तार गरिएको छ । २०७५ वैशाखदेखि शुरू भएको पर्वत खण्ड विस्तारको काम गएको २०७७ सालको भदौमा सकिनुपर्ने हो । मध्य पहाडीको कास्की खण्डको नयाँ पुलदेखि घट्टे खोलासम्मको खण्डको काम गतवर्ष नै सकिएको छ । गत असार २२ गतेको बाढीका कारण यो खण्ड निर्माणको जिम्मा पाएको लामा कन्स्ट्रक्सनका साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारूलाई बगाएर बेपत्ता बनाएपछि केही दिन काम प्रभावित भएको थियो ।

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा

पर्वत - पहिरोले शुक्रबार रातिदेखि अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालनमा आएको छ । कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा वर्षासँगै सडकमाथिबाट आएको पहिराका कारण सडक अवरुद्ध भएको थियो ।  वर्षा रोकिएसँगै पहिरो पन्छाइएपछि सवारीसाधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर खड्काले जानका…

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा

पर्वत : पहिरोले शुक्रबार रातिदेखि अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालनमा आएको छ । कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा वर्षासँगै सडकमाथिबाट आएको पहिराका कारण सडक अवरुद्ध भएको थियो ।  वर्षा रोकिएसँगै पहिरो पन्छाइएपछि सवारीसाधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर खड्काले जानका…

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

पहिरोका कारण शुक्रबार रातिदेखि अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालनमा आएको छ । कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा वर्षासँगै सडकमाथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । वर्षा रोकिएसँगै पहिरो पन्छाइएपछि सवारीसाधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर खड्काले जानकारी दिए । अहिले रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् ।लगातारको वर्षाका कारण राति नै पहिरो आएर सडक पुरिएको थियो । वर्षा रोकिएपछि बिहान सबेरैबाट एस्काभेटर लगाएर पहिरो पन्छाइएको खड्काले जानका

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड ८ घण्टादेखि अवरुद्ध

पर्वत : लगातार ६ दिनसम्म अवरुद्ध भएर बल्लतल्ल सञ्चालनमा भएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड फेरि ८ घण्टादेखि अवरुद्ध भएको छ।पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटको नयाँ पुलमा झरेको पहिरो ६ दिन लगाएर पन्छाएपछि लोकमार्ग हिजो मंगलबारमात्र सञ्‍चालनमा आएको थियो। तर, मंगलबार रातिबाट लोकमार्ग पुन: अवरुद्ध भएको हो।जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार कुश्मा नगरपालिका–८ चुवाको चाइना चोक नजिकै मंगलबार राति पौने ९ बजेति

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अझै तीन दिन नखुल्ने

निर्माणाधीन मध्यपहाडी लोकमार्ग पटकपटक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती खेप्न बाध्य भएका छन् । असारको सुरुमै मनसुन भित्रिएकाले दैनिकजसो सडकमा खसेका पहिराले निर्माण कम्पनीमात्रै नभएर सर्वसाधारण, यात्रुलगायत सबैले सास्ती खेप्नुपरिरहेको छ ।सडकको पर्वत खण्डअन्तर्गत बागलुङ सीमाको मालढुंगादेखि कास्कीको सीमा नयाँपुलसम्म असारयता दैनिकजसो अवरोध कायमै छ । दैनिकजसो परेको झरीसँगै खस्ने पहिरो तथा सडक हुँदै बग्ने सानातिना […]

बाढीका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

पर्वतको कुश्मा नगरपालिका– ८ को सुन्दरेखोलामा आएको बाढीले क्षतविक्षत बनाएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालन भएको छ । केहीबेर अघिदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दिउँसोदेखि मौसम सुधार आएसँगै खोलाको बहाव कम भएपछि मर्मत गरी राजमार्ग एकतर्फी खुलाइएको हो । मध्य पहाडीसँगै क्षतविक्षत भएको दोबिल्ला–फलेबास सडकखण्ड भने सञ्चालनमा आएको छैन । उक्त सडकको करिब १ सय मिटर भागसम्म ठुल्ठूला ढुङ्गा रहेको र ती ढुङ्गा ब्रेकर लगाएर फुटाउनुपर्ने भएकाले अझै स

मध्यपहाडी लोकमार्ग : कुश्मा बजारको सडक चार लेनमा विस्तार

पर्वत । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा बजारमा चार लेनमा सडक विस्तार भइरहेको छ । २४ किलोमिटर खण्डमध्ये कुश्माबजार र पातीचौरमा चार लेनको सडक बनाउन लागिएको हो । कुश्मा बजारको खरेयादेखि डम्डारे खोलासम्मको खण्डमा चार लेनमा सडक स्तरोन्नतिको अघि बढाइएको छ । उक्त सडकमा अहिले नाली निर्माण, डिभाइडर निर्माण सकेर कालोपत्रका लागि बेस बिच्छ्याउन थालिएको छ । अबको एक महीनामा सबै काम सक्ने लक्ष्य राखिएको छ । लोकमार्ग आयोजना कार्यालयका अनुसार कुश्मा बजारभित्र चार लेन विस्तारका लागि उपलब्ध भएसम्मको जनशक्ति परिचालन गरिएको छ । पर्वतका सबै खण्डको विस्तार असारसम्ममा सक्ने लक्ष्य रहेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय, पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । कोरोना संक्रमणका कारण गरिएको निषेधाज्ञाले निर्माण रोकिएको छैन । जिल्लाभर अत्यावश्यक सेवाबाहेकका सेवा र राष्ट्रिय गौरवका आयोजनाको काम नरोक्ने जिल्ला प्रशासन कार्यालयको निर्णय छ । निषेज्ञाधाका कारण सडकमा सवारीसाधान नगुड्दा काम गर्न सहज भएकाले तीव्र रूपमा निर्माण अघि बढेको मरासिनीले जानकारी दिए । कुश्मा बजारभित्र र पातीचौर बजार क्षेत्रमा चार लेनको सडक विस्तार भए पनि अन्य स्थानमा भने दुई लेनको बनाइनेछ । मोदी गाउँपालिकाको पातीखोलादेखि चुवाको परादीसम्म कालोपत्रको काम सकिएको छ । बजार क्षेत्रभन्दा बाहिरको मालढुंगा–छमर्के खण्डमा ५ किलोमिटर कालोपत्र गरिसकिएको छ । चुवाको भीर, कुश्माको बान्द्रेबिँडी र मोदीको केही भागमा भीरको पहरो फुटाएर सडक चौडा बनाइएको छ । २०७५ वैशाखदेखि शुरू भएको पर्वत खण्ड विस्तारको काम गएको गत भदौमै सकिनुपर्ने थियो । तर कोभिड नियन्त्रणका लागि लागू गरिएको लकडाउनले काम रोकिएपछि आयोजना कार्यालयले ९ महीना समय थप गरेको छ । मध्य पहाडी लोकमार्गको कास्की खण्डमा नयाँ पुलदेखि घट्टे खोलासम्मको काम सकिएको छ । हेम्जादेखि सिम्पानीसम्मको खण्ड सकिए कास्की खण्डको काम पूरा हुने बताइएको छ ।

मध्यपहाडी लोकमार्ग बन्द हुँदा नागरिकलाई सास्ती

निर्माणाधीन मध्यपहाडी लोकमार्ग दैनिक साढे ६ घण्टा बन्द हुन थालेको छ । लोकमार्गको पर्वत खण्ड बुधबारदेखि लागू हुनेगरी दैनिक साढे ६ घण्टा बन्द गर्न भएको छ । सडक बिस्तारका लागि पर्वत र कास्कीको सिमान नयाँपुलदेखि कुश्मा नगरपालिका–१ अर्मादीसम्मको खण्डमा दैनिक साढे छ घण्टा गर्ने निर्णय भएको हो ।