विशेष, उच्च, जिल्ला अदालतको सेवामा कटौती

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररूपमा बढ्दै गएपछि विशेष अदालत, उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौंले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् । विशेष अदातलका सूचना अधिकारी नारदप्रसाद भट्टराईले बुधवार जारी गरेको सूचनामा थुनुवा भएका मुद्दाको भर्चुअल माध्यमबाट सुनुवाइ गर्ने, आरोपपत्र, अभियोगपत्र दर्ता गर्ने, भर्चुअल माध्यमबाट अभियुक्तको थुनछेक र म्याद थप गर्ने उल्लेख छ । त्यस्तै, उच्च अदालत पाटनले पनि आफ्ना सेवा कटौती गरेको छ । उक्त अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जारी गरेको विज्ञप्तिमा बन्दीप्रत्यक्षीकरणको निवेदनमा नियमति रूपमा सुनुवाइ गर्ने, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही अघि बढाउने उल्लेख छ । यस्तै, जिल्ला अदालत काठमाडौंले पनि अत्यावश्यक मुद्दामा मात्र सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतको मंगलवार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले पनि अति जरुरी प्रकृतिका मुद्दा मात्र बुधवारदेखि लागू हुनेगरी सुनुवाइ गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार सर्वोच्च अदालतमा एक न्यायाधीशसहित ३४ जना र देशभर न्यायाधीश र कर्मचारी गरी १२५ भन्दा बढीलाई कोरोना संक्रमण भएको छ । रासस

सम्बन्धित सामग्री

कर्मचारी चुनावमा खटिदा सार्वजनिक सेवामा कटौती

पर्वत : स्थानीय तहको निर्वाचन प्रयोजनका लागि कर्मचारी तथा शिक्षकहरूलाई काममा खटाउँदा सार्वजनिक सेवामा आंशिक कटौती भएको छ। मुख्य निर्वाचनको अधिकृतको कार्यालयका अनुसार निर्वाचन गराउनको लागि मतदान स्थलमा खटिएर जाने कर्मचारीहरूलाई वैशाख २७ गते नै आफूलाई खटाइएको मतदान स्थलमा जान भनिएको छ।त्यसको तयारी स्वरूप शनिवार र आइतबार दुई दिन गरेर सबै कर्मचारी र शिक्षकहरूलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो। सरकारी कार्यालयका कर्मचारी र शिक्षकहरू रहेका छन्। उनीहरूलाई प्रशिक्षण दिन सुरु गरिएबाट नै सरक

भक्तपुरकी सिडिओलाई प्रश्न- जोरबिजोर प्रणालीले कसरी भीड कम गर्छ ?

१० माघ, काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलिएपछि सरकारले शुक्रबार रातिदेखि काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । उपत्यकाभित्र विभिन्न सेवामा कटौती गरेको प्रशासनले सवारी साधनमा लगाएको जोरबिजोर प्रणालीको भने सर्वत्र विरोध हुने गरेको छ । यसपटक मात्रै होइन, हरेक लहरमा सरकारले एकपटक जोरबिजोर लागू गरेकै छ । तर […]

कर्मचारी संक्रमित भएपछि मकवानपुर प्रशासनले गर्‍यो सेवामा कटौती

हेटौंडा, माघ ६ । कोभिड-१९ (कोरोना)का कारण जिल्ला प्रशासन कार्यालय मकवानपुरले कार्यालयबाट दिंदै आएको सेवालाई कटौती गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार एक सूचना जारी गर्दै कार्यालयबाट हुने सेवालाई केही सिमित गरिएको उल्लेख गरिएको हो । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गरैले कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएकोले संक्रमण रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनबारे […]

विशेष अदालतमा थुनुवाको मात्रै मुद्दा सुनुवाइ हुने

कोरोना महामारी बढेपछि विशेष अदालतले सेवामा कटौती गरेको छ । सर्वोच्च अदालतको फुलकोर्टले केही सेवा कटौती गर्ने निर्णय गरेको भोलिपल्ट बुधबार विशेष अदालतले पनि सेवामा संकुचन ल्याउने निर्णय गरेको हो । विशेष अदालतले अब थुनुवाबाहेकका मुद्दा सुनुवाइ रोक्ने निर्णय गरेको छ । संक्रमणको जोखिम कम भएपछि मात्र सबै मुद्दामा सुनुवाइ थाल्ने विशेष अदालतले जनाएको छ । विशेष अदालतका अनुसार थुनुवा भएका मुद्दाहरूको सुनुवाइ भर्चुअल माध्यमबाट हुनेछ । आरोपपत्र÷अभियोगपत्र दर्ता, आरोपपत्र÷अभियोगपत्र साथ उपस्थित गराइएका अभियु...

विशेष अदालतमा थुनुवाको मात्रै मुद्दा सुनुवाइ हुने

काठमाडौं । कोरोना महामारी बढेपछि विशेष अदालतले सेवामा कटौती गरेको छ । सर्वोच्च अदालतको फुलकोर्टले केही सेवा कटौती गर्ने निर्णय गरेको भोलिपल्ट बुधबार विशेष अदालतले पनि सेवामा संकुचन ल्याउने निर्णय गरेको हो । विशेष अदालतले अब थुनुवाबाहेकका मुद्दा सुनुवाइ रोक्ने निर्णय गरेको छ । संक्रमणको जोखिम कम भएपछि मात्र सबै मुद्दामा सुनुवाइ थाल्ने विशेष अदालतले […] The post विशेष अदालतमा थुनुवाको मात्रै मुद्दा सुनुवाइ हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सर्वोच्च अदालतको सेवामा कटौती

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणको जोखिम बढेकोे भन्दै सर्वोच्च अदालतले दिँदै आएको सेवा कटौतीे गरेको छ ।मंगलबार बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणको जोखिम न्यूनीकरण गर्न अदालतले दिदै आएको सेवाहरुमा कटौतीे गरेको हो । मंगलबार बसेको बैठकले ६ प्रकारका मात्रै सेवा दिने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले […]

कोरोना बढेसँगै यस्तो देखियो सरकारी कार्यालयको चहलपहल, तस्बिरमा हेर्नुहोस्

पछिल्लो दिनमा नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएको छ । जसका कारण कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । कर्मचारीहरुमा संक्रमण पुष्टि भएसँगै सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायतले कतिपय सेवामा कटौती गरेका छन् । यद्यपि सेवाग्राहीको चहलपहल भने अझै पनि देखिन्छ । यस्तै नेपाल बारका वकिलहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनलाई पनि जारी राखेका छन् । बढ्दो संक्रमणका बीच काठमाडौंका केही सरकारी कार्यालयको चहलपहल तस्बिरमा हेर्नुहोस्ः

कोरोनाको जोखिम बढेपछि सर्वोच्चको सेवामा कटौती

काठमाडौं । कोरोनाको जोखिम बढेपछि सर्वोच्च अदालतले दिँदैआएको सेवामा कटौती गरेको छ । मंगलबार बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणको जोखिम न्यूनीकरण गर्न अदालतले दिँदै आएका सेवाहरूमा कटौती गरेको हो । आज बसेको बैठकले ६ प्रकारका मात्रै सेवा दिने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।उनकाअनुसार सर्वोच्चको फुलकोर्टको बैठकले...

काेराेना फैलिएपछि सर्वोच्चको सेवामा कटौती

काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिएपछि सर्वोच्च अदालतले सेवामा कटौती गरेकाे छ। मंगलबार बसेको सर्वाेच्च अदालतकाे पूर्ण बैठकले ओमिक्रोनलगायतका विभिन्‍न भेरियन्टका कारण विषम परिस्थिति उत्पन्‍न भएको भन्दै भीडभाड कम गर्ने र केही सेवामा कटौती गर्ने निर्णय गरेको हो।सर्वोच्च अदालतमा न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत हालसम्म ३१ जनामा संक्रमण देखिएपछि सेवा प्रवामा कटाैती गरिएकाे विज्ञप्ति जारी गरी जानकारी दिएकाे छ।'अदालतमा हुने उपस्थिति र भीडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही, अदा

सर्वोच्च अदालतका धेरैजसो कामकारवाही वैशाख मसान्तसम्म स्थगित

काठमाडौँ । विश्वव्यपी रुपमा फैलिएको नेवेल कोरोना भाइरस (कोभिड १९) को नयाँ भेरियन्ट तिव्ररुपमा फैलिएसँगै सर्वोच्च अदालतले आफूले दिने सेवामा कटौती गरेको छ । अदालतले वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनमाथि मात्र दर्ता र सुनुवाई गर्ने सर्वोच्च जनाएको छ । मंगलबार […]