चुनावको प्रचार गरी फर्कने क्रममा प्युठानमा एक जनाको मृत्यु

प्युठान – चुनावको प्रचार गरी घर फर्कने क्रममा प्युठानमा एक जनाको मृत्यु भएको छ। जिल्लाकोे नौबहिनी गाउँपालिका-२ मा चुनावको प्रचार गरी घर फर्कने क्रममा सोही ठाउँका ५६ वर्षीय धनबहादुर थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बहानेले जनाएको छ। सत्तारूढ गठबन्धनमा संलग्न दल माओवादी केन्द्र निकट उनी आइतबार साँझ चुनावको प्रचार गर्न हिँडेका थिए।