आइएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात 'साइबर विक' अब नेपालमा

काठमाण्डाै – आईएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि सञ्चालनमा आएको छ ।  मङ्सिर १३ (मङ्गलवार) गतेदेखि सुरु भएको यस साइबर विक नामक अफरमा बिग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सामान खरिद गर्न सकिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।  यसका साथै आईएमई पे एपबाट भुक्तानी गर्दा थप १० प्रतिशत छुट, एक हजार रुपैयासम्म पनि प्राप्त गर्न सकिनेछ । याे अफर बिग डिजिटलको स्टोरमा मात्र पाइनेछ ।