कर्णेल उजिरसिंह थापा स्मृतिमा अन्तर्राष्ट्रिय बुद्धिचाल : विभिन्न देशका २ सय खेलाडी सहभागी

रुपन्देही । कर्णेल उजिरसिंह थापाको स्मृतिमा रुपन्देहीको बुटवलमा चैत २४ गते शनिवारदेखि शुरु हुने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तयारी पूरा भएको छ । अङ्ग्रेज सेनालाई जितगढी किल्लामा पराजित गर्न नेपाली सेनाले सफल नेतृत्व गरेका कर्णेल उजिर सिंह थापाको सम्मानमा सो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी हुन नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अमेरिका, फ्रान्स लगायत […]

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद : गोरखामा बुद्धिचाल प्रतियोगिता सुरु

गोरखा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बिहीवारदेखि गोरखामा बुद्धिचाल (चेस) प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा र गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाले गाेटी चालेर बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्नुभयाे ।   गोरखा क्याम्पसको सभा हलमा हुने प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र गैरआवासीय नेपाल सङ्घ गरी ११ टिमका खेलाडी सहभागी छन् । एउटा टिमबाट तीन पुरुष र तीन महिला गरी ६६ जनाले प्रतियोगितामा भाग लिएका प्रतियोगिताका...

अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता मोरङमा

मोरङ – जिल्लाको सुन्दरहरैँचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ। विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा मङ्गलबारदेखि उक्त प्रतियोगिता सुरू भएको हो। प्रतियोगितामा नेपालसहित भारत र बङ्गलादेशका गरी एक सय २० खेलाडी सहभागी छन्। प्रतियोगिताका विजेतालाई रु चार लाख ६० हजार राशि पुरस्कारस्वरुप प्रदान गरिने छ। प्रतियोगिताको एक समारोहबीच सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले […]