संसदीय व्यवस्था परिवर्तन नभएसम्म मुलुकको समस्या समाधान हुँदैनः गजुरेल

जनकपुरधाम – संसदीय व्यवस्था परिवर्तन नभएसम्म मुलुकको समस्या समाधान नहुने नेकपा क्रान्तिकारी माओवादीनिकट देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल गौरवले बताएका छन्। संघीय जनगणतन्त्रका लागि भएको आन्दोलनबाट पुरानै खालको संसदीय व्यवस्था आएको हुनाले अहिले मुलुक गम्भीर मोडमा पुगेको उनले बताए। जनकपुरधामस्थित विमानस्थलमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। संसदीय व्यवस्थामै आधारित संघीय लोकतान्त्रिक […]