क्यान्सरपीडित ३ हजार बालबालिकालाई खाना खुवाउदै विवेक ओबरोय

एजेन्सी।बलिउड अभिनेता विवेक ओबरोय क्यान्सरपीडित बच्चाहरुको सहयोगका लागि अघि आएका छन्।ओबरोयले सामाजिक सञ्जालमा एक फोटो शेयर गर्दै क्यान्सरसँग जुधिरहेका ३ हजार बच्चाहरुसम्म खाना पुर्‍याउने बताएका छन्।उनले आउँदो तीन महिनामा अझ धेरै क्यान्सरपीडित बच्चाहरुलाई सहयोग गर्ने उल्लेख गरेका छन्।भिडियोमा उनले कसैले एक हजार रुपैयाँ सहयोग गरे त्यसबाट क्यान्सरसँग लडिरहेको बच्चाले एक महिना खाना पाउने भन्दै सबैलाई सहयोगका लागि अपिल गरेका छन्।

सम्बन्धित सामग्री

दश दिन नेपाल घुमघामपछि फर्किए भारतीय अभिनेता ओबरोय

काठमाडौं : नेपाल भ्रमणमा आएका भारतीय अभिनेता विवेक ओबरोय फर्किएका छन्। मंसिर २८ गते नेपाल आएका उनी १० दिन यहाँ बिताएर भारत फर्किएका हुन्।नेपालमा ओबरोयले पशुपतिनाथको दर्शन गर्नुका साथै विभिन्न पर्यटकीय स्थलको समेत भ्रमण गरेका थिए। उनले पोखरामा हाई ग्रङग एड्भेन्चर्समा जिपलाइन, स्काईक्रिमर पनि गरे।उनले पोखराको अन्नपूर्ण केबलकारको भ्रमण गरे। उनले नेपाली खाना साह्रै मिठो लागेको बताएका छन्। फेरि पनि नेपाल घुम्न आउने वाचासमेत ओब