जलविद्युत विकासमा राष्ट्र बैंक सधैं सहयोगी : बमबहादुर मिश्र

नेपाल राष्ट्र बैंकका डेप्यु्टी गभर्नर बमबहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय सँस्थाबाट लगानी जुटाउन राष्ट्र बैंकले सहयोगी भूमिका खेल्ने बताएका छन् । हिमालयन हाइड्रो एक्स्पोको दोस्रो दिनको छलफल सत्रलाई सम्बोधन गदै मिश्र सहितका वक्ताहरूले लगानीयोग्य पूजी अभाव रहेको भनिए पनि जलविद्युत् आयोजनामा लगानी जुटाउन कुनै समस्या नरहेको प्रष्ट पारेका छन् ।मिश्रले जलविद्युत्को […]

सम्बन्धित सामग्री

राष्ट्र बैंक र त्रिविबीच शोधवृत्तिसम्बन्धी समझदारी

काठमाडौं (अस) । नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालय (त्रिवि)बीच प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने समझदारी भएको छ । गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा मंगलवार बैंकमा आयोजित कार्यक्रममा उक्त समझदारी भएको हो । सझदारीपत्रमा बैंकका तर्फबाट जनशक्ति व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे, त्रिभुवन विश्वद्यिालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामजी गौतमले हस्ताक्षर गरेका छन् । उक्त समझदारीअनुसार अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँच–पाँच जना, एफफिल र विद्यावारिधितर्फका दुई–दुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्ने प्रयोजनका निम्ति बैंकले वार्षिक रूपमा शोधवृत्ति (फेलोशिप) उपलब्ध गराउनेछ । साथै, बैंकमा उपलब्ध हुने इन्टर्नशिपको अवसरमा विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई प्राथमिकता दिइने समझदारी समेत भएको छ । सो अवसरमा गभर्नर अधिकारीले बैंक र विश्वविद्यालयबीचको समझदारी आफैमा सकारात्मक शुरुआत रहेको भन्दै यो सहकार्यले प्राज्ञिक शोध/अनुसन्धानमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे । आउँदा दिनमा यस्तो सहकार्यलाई विस्तार गर्दै जानुपर्ने आवश्यकतामा समेत उनले जोड दिए । कार्यक्रममा कामु कार्यकारी निर्देशक घिमिरेले उक्त समझदारीले शोध÷अनुसन्धान कार्यमा सहकार्य हुने, ज्ञान आदानप्रदानमा टेवा पुग्ने तथा अनुसन्धानबाट महत्त्वपूर्ण नीतिगत स्रोत सामग्री उपलब्ध हुने विश्वास व्यक्त गरे । साथै, बैंकले अन्य विश्वविद्यालयसँग पनि यस्तो सहकार्य गर्ने बैंकको नीति रहेको जानकारी उनले दिए । त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. अधिकारीले उक्त समझदारीसँगै विश्वविद्यालयको अनुसन्धान कार्यको गुणस्तर अभिवृद्धिमा ठूलो सहयोग पुग्ने अपेक्षा गरे । यसैगरी, व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा.डा. गौतमले बैंक र विश्वविद्यालयबीचको समझदारीलाई परिणाममुखी बनाउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, गभर्नरको कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल मातंगी मास्केसहित बैंकका अन्य अधिकारीहरूको उपस्थिति थियो ।