तातोपानी नाकामा अवरोध

२०७२ सालमा गएको भूकम्पपछि बन्द रहेको तातोपानी नाका आफै राम्ररी खुल्न सकेको छैन । वैशाख १७ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर प्रवेश गर्न दिएर चीनले यो नाका निर्यातका लागि पूर्ण रूपमा खुला भएको बताए पनि निर्यातमा अवरोध भइरहेको छ । निर्यातमा मात्र होइन, चीनबाट आउने सामानमा समेत समस्या देखिन थालेको छ । चीनले बारम्बार सिमाना खुलाउने भने पनि त्यसो हुन सकेको छैन । चिनियाँ नीतिको निकै विरोध भएपछि एकाध हप्ता सीमा खुकुलो गरे पनि त्यसमा पुनः कडाइ गर्ने नीति किन लिएको हो भनेर नेपालले बुझ्न र त्यसअनुसार समाधान गर्न पहल गर्न सकेको छैन । खासगरी यो समस्या तातोपानी नाकामा बढी छ जुन भूकम्पअघि सबैभन्दा व्यस्त नाका थियो र नेपालीहरू चीनको भूभागमा गएर सामान खरीद गर्नसमेत पाउँथे ।  चीन नेपालको दोस्रो व्यापारिक साझेदार हो । व्यापारघाटा पनि चीनसँग निकै बढी छ । यस्तोमा विश्वको पहिलो अर्थतन्त्र बन्दै गरेको चीनबाट छिमेकीका नाताले जुन सद्भाव र सहयोग पाउनुपर्ने हो त्यो पाउन सकेको छैन । यसमा नेपालको पनि कमजोरी होला । ठूलो अर्थतन्त्र भएको र शक्तिशाली मुलुकको नाताले चीनले नेपाललाई धेरै सहयोग गर्न सक्छ । तर, उसले नेपाललाई कसरी लिने गरेको छ भन्ने स्पष्ट विश्लेषण कूटनीतिक क्षेत्रले आफै गर्न नसकेको प्रतीत हुन्छ । त्यही कारण उसले नेपाल आउने सामानलाई समेत सहजै नेपाल आउन दिइरहेको छैन ।  चीनले नेपालका हजारौं वस्तुलाई शून्य भन्सारको सुविधा दिएको छ तर ती कुनै पनि वस्तु नेपालले निर्यात गर्न सक्ने खालका छैनन् । नेपालले निर्यात गर्न सक्ने र गरिरहेका वस्तुमा भने उसले विभिन्न बहाना गरेर रोक लगाइरहेको छ । यस्तोमा नेपालले चीनसँग स्पष्ट वार्ता गर्नुपर्छ । समस्यालाई किन बारम्बार अल्झाइरहेको हो भनेर खुलस्त पार्न लगाउनुपर्छ । यसो नगर्ने हो भने चिनियाँ असन्तुष्टि के हो भन्ने थाहा हुँदैन । त्यसैले सरकारी अधिकारीहरूले उनीहरूसँग गर्ने वार्तामा उनीहरूका चासोलाई सम्बोधन गर्ने विश्वास दिलाउनुपर्छ । 

सम्बन्धित सामग्री

भूकम्पको आठ वर्षपछि खुल्यो तातोपानी नाका

काठमाडौं । भूकम्पपछि बन्द भएको तातोपानी नाका धेरैपटकको रस्साकस्सीपछि सर्वसाधारणका लागि पनि खुलेको छ । भूकम्पका कारणले बन्द भएको नाकालाई चीनले कोभिडलगायतका बहाना गर्दै आएको थियो । चिनियाँ सामान सहज रूपमा ल्याउन सकिने, सामान सस्तिने नेपालको चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको तातोपानी नेपालको अनेकन प्रयासपछि खुलेको हो । आठ वर्षदेखि बन्द रहेको तातोपानी नाका […] The post भूकम्पको आठ वर्षपछि खुल्यो तातोपानी नाका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तातोपानी नाका दुई महिनाभित्र मान्छेका लागि पनि खुला

आठ वर्षयता मालवस्तुका लागि मात्रै खुला तातोपानी नाका सेप्टेम्बरभित्र मान्छेका लागि पनि खोल्ने दुई देशबीच सहमति नेपाल र चीनबीचको पुरानो नाका तातोपानी (कोदारी) मानिसका लागि पनि खुला गरिने भएको छ । आठ...

तातोपानी नाका अझै पूर्ण सञ्चालनमा नआउने

नेपाल–चीन व्यापारिक कारोवार हुने उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालनमा आउँदै छ। यद्यपी आठ वर्षदेखि बन्द रहेको मानवीय आवागमन भने अझै खुल्ने छैन।...

तातोपानी नाका पाँच दिनका लागि बन्द

काठमाडौं । उत्तरतर्फको दोस्रो ठूलो भन्सारका रूपमा चिनिने तातोपानी नाका पाँच दिनका लागि बन्द हुने भएको छ । नाका पूर्ण रूपमा खुलाउने तयारीका लागि चैत २८ देखि वैशाख २ गतेसम्म बन्द हुने भएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ गतेदेखि वैशाख २ गतेसम्म अस्थायी […]

तातोपानी नाका सुनसान

लामो समय तातोपानी नाका हुँदै चिनियाँ सामानको कारोबार गरेर नाम र दाम दुवै कमाएका अधिकांश व्यापारीले व्यवसाय परिवर्तन गरेका छन्।...

चीनद्वारा तातोपानी नाका बन्द

तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी दिए । तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भनिए पनि अब कहिले खुल्ने भन्नेबारे केही जानकारी नआएको उनले बताए । तिब्बतमा कोभिड सङ्क्रमण बढेर आयत रोकिएको भन्ने आफूलाई जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि तिवारीले बताए । “खासा क्षेत्रमा ५८ जना

साझाका तीन वटा विद्युतीय बस तातोपानी नाका आइपुगे

काठमाडौँ– साझा यातायातका तीन वटा विद्युतीय बस तातोपानी नाका आइपुगेका छन्। ती बस चीनबाट तातोपानी नाका हुँदै नेपाल भित्रिएको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए। साझाले ल्याउन लागेका ४० वटा विद्युतीय बसमध्ये ३ वटा नेपाल आइपुगेका हुन्। प्रमुख भन्सार अधिकृत गौतमका अनुसार आजै भन्सार पास गरी लोडरमा राखेर […]

तातोपानी नाका व्यवस्थित गर्न चीनलाई सभामुख सापकाेटाको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थित रूपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन् ।

हिमपातले तातोपानी नाका अवरुद्ध

१४ पुस, काठमाडौं । भारी हिमपातका कारण चीन जोड्ने तातोपानी नाका अवरुद्ध भएको छ । तातोपानी नाकाको तल्लो तहमा मंगलबार रातिदेखि नियमित वर्षा भइरहेको र चीनतर्फको माथिल्लो भागमा हिउँले डाँडा ढाक्दा तातोपानी नाका अवरुद्ध बनेको तातोपानी भन्सार कार्यालय प्रमुख नारद गौतमले बताए । माथिल्लो भागमा हिउँ र तल्लो भागमा नियमित वर्षाका कारण नाका भएर हुने […]

बिहीबारदेखि तातोपानी नाका तीन साताका लागि बन्द हुने

७ माघ, काठमाडौं । बिहीबारदेखि तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न भोलि (२१ जनावरी) देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि २१ जनावरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ […]