हिमपातले खाद्यान्न ढुवानी गर्न समस्या

बझाङ – बझाङको दुर्गम साइपाल गाउँपालिकामा हिमपातका कारण खाद्यान्न ढुवानी गर्न समस्या भएको छ। बुधबार भएको हिमपातका कारण बाटो अवरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न समस्या भएको हो। यातायातका साधन नपुगेको उक्त गाउँपालिकामा भेडा, खच्चरबाट खाद्यान्न आयात गरिएको छ। हिमपातका वडा नं १ देखि ५ सम्म बाटो अवरुद्ध भएको थियो। खाद्यान्न अभाव हुन नदिन काँडा बिक्री […]

सम्बन्धित सामग्री

हवाई मार्गभन्दा आधा सस्तोमा केरुङ नाकाबाट खाद्यान्न ढुवानी गरिँदै

सिमकोट – काठमाडौँबाट केरुङ नाका हुँदै तिब्बती मार्गबाट ढुवानी भएर आउने खाद्यान्न हवाई मार्गभन्दा सस्तोमा ल्याइने भएको छ। जिल्लामा खाद्यान्नको समस्या भएका बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यान्न हुम्ला ल्याउन लागेको हो। काठमाडौँ, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुग्ने खाद्यान्न प्रतिक्विन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्विन्टल खाद्यान्न चार हजार […]

एक वर्षपछि हुम्लाको लिमिमा खाद्यान्न ढुवानी

हिमालपारीको गाउँका रुपमा चिनिने हुम्लाको नाम्खा गाउँपालिका–६ लिमिमा एक वर्षपछि खाद्यन्न ढुवानी हुन सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले अनुदानको चामल एक वर्षपछि ढुवानी गर्न थालेको हो  ।खाद्यान्न प्रयाप्त ढुवानी नभएको र हिमपातका कारण चामल ढुवानी हुन एक वर्षको समय कुर्नुपरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाका नवीनप्रसाद आचार्यले जानकारी दिए । हिउँदको समयमा नाम्खा आवतजावत गर्ने सडक खण्ड अवरुद्ध भएका कारण खाद्यान्न ढुवानीमा समस्या हुने गरे

संखुवासभाको उत्तरी क्षेत्रमा खाद्यान्न अभाव

२३ फागुन, विराटनगर । संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा खाद्यान्न अभाव भएको छ । निरन्तर परेको हिउँ नपग्लिएका कारण भोटखोला गाउँपालिकाको माथिल्लो क्षेत्र किमाथांका, थुदाम, रिदाक र छुमसुर जाने बाटो अवरुद्ध छ । र खाद्यान्न ढुवानी हुन सकेको छैन । चीनतर्फको नाका बन्द रहेको र नेपालतर्फको बाटो हिउँले ढाकेर अवरुद्ध भएका कारण २२१ घरमा खाद्यान्नको समस्या […]

माथिल्लो कर्णालीमा खाद्यान्न अभाव हुन सक्ने

काठमाडौं । हिमपातका कारण जुम्लालगायत माथिल्लो कर्णाली जोड्ने गमगढी–नाग्मा सडक खुल्न नसक्दा खाद्यान्न ढुवानी गर्न समस्या भएको छ । गत पुस १४ गते परेको भारी हिमपातका कारण रोकिएको सडक नखुल्दा खाद्यान्न ढुवानी गर्न समस्या भएको हो । मुगु र जुम्लाको सीमा क्षेत्र डाब, घुच्ची, बुलबेल, सातमोडलगायत सडक क्षेत्रमा बाक्लो हिउँ जमेर सवारी साधन चलाउन कठिनाइ […]

हुम्लाका लागि खाद्यान्न ढुवानी पुनः सुरु

सिमकोट– खाद्य समस्या हुने हिमाली जिल्ला हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यन्न ढुवानी पुनः सुरु भएको छ। ढुवानी रोकिएको आठ दिनपछि सीता एयरले नेपालगंजबाट ढुवानी सुरु गरेको हो। लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले चालु आर्थिक वर्षका लागि ढुवानीको जिम्मा पाएको सिम्रिक कार्गो एयर प्रालिले सीता एयरलाइन्सबाट ढुवानी सुरु […]

खाद्यान्न ढुवानी पुनः सुरू

खाद्यान्न समस्या हुने हिमाली जिल्ला हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ढुवानी अनुदानको खाद्यान्न ढुवानी पुनः सुरु भएको छ । ढुवानी रोकिएको आठ दिनपछि सीता एयरले नेपालगञ्जबाट ढुवानी सुरु गरेको हो ।

खच्चडका माध्यमबाट खाद्यान्न ढुवानी

मनाङ । बाढीपहिरोका कारण ढुवानीमा समस्या आएकाले माथिल्लो मनाङमा खाद्यान्न अभाव भएको छ । गत असार १ गते आएको बाढीपहिराका कारण बेंशीशहर–चामे–मनाङ सडक खण्ड क्षतिक भएपछि यहाँ खाद्यान्न अभाव भएको हो ।    खाद्यान्न आपूर्तिका लागि ढुवानी समस्या भएपछि खच्चडका माध्यमबाट माथिल्लो मनाङमा खाद्यान्न ल्याइएको पर्यटन तथा होटेल व्यवसायी विनोद गुरुङले बताए । स्थानीय बासिन्दालाई खाद्यान्न अभावबाट बचाउने उद्देश्यले सोनाम घिर्मी फ्यामी फाउन्डेशनको सहयोगमा घुमाउरो बाटो सहारामार्फत खाद्यान्न ल्याइएको र यहाँका विपन्न वर्गलाई वितरण गरिएको गुरूङले जानकारी दिए ।    खाद्यान्न पोखराबाट मुक्तिनाथसम्म गाडीबाट ल्याइएको उनले बताए । उनका अनुसार मुक्तिनाथबाट ५ हजार ४१६ मीटर उचाइको थोराङ्ला पास हुँदै खच्चडमार्फत माथिल्लो मनाङसम्म खाद्यान्न ल्याइएको छ ।    अन्यत्र जिल्लाबाट आएर यहाँ काम गर्ने ४० र मनाङ गाउँका विपन्न वर्गका सात घरधुरीसहित कूुल ४७ घरधुरीलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । सोनाम घिर्मी प्mयामिली फाउन्डेशनको सहयोगमा प्रत्येक परिवारलाई १२.५ किलो चामल, आठ किलो दाल, नुन तीन किलो, १.५ लिटर तेल वितरण गरिएकोे गुरूङले जानकारी दिए । माथिल्लो मनाङमा लामो समयदेखि खाद्यान्न अभाव टार्न थोराङ्ला पास गरी ल्याउने गरिएको छ ।  रासस

बाढी पहिरोले सडक बगाएपछि खच्चडबाट खाद्यान्न ढुवानी

बाढीपहिरोले सडकमा क्षति पुगेपछि ढुवानीमा समस्या हुँदा मनाङमा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव पूर्तिका लागि थोराङ्ला भञ्ज्याङ पास गराई खच्चडबाट ढुवानी गरिएको छ । गत असार १ गते आएको बाढीपहिराका कारण बेँसीशहर–चामे–मनाङ सडक खण्ड क्षतविक्षत भएपछि माथिल्लो मनाङमा खाद्यान्न अभाव भएको हो । खाद्यान्न आपूर्तिका लागि ढुवानी समस्या भएपछि खच्चडका माध्यमबाट माथिल्लो मनाङमा …

मर्स्याङ्दी नदीको पुल भासियो , खाद्यान्न ढुवानी रोकियो

नार्पाभूमि गाउँपालिकास्थित मर्स्याङ्दी नदीको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीले  पुल भासिएको हो । पुल भासिदा अहिले खाद्यान्न ढुवानी गर्नमा समस्या भएको छ । यही असार महिनाको शुरुआतदेखि परेको अविरल वर्षाका कारण मस्याङ्दी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि  २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिए ।उनले भने, “असार महिनाको शुरुआतदेखि आएको अविरल वर्षाले जिल्लामा वितण्डा नै मच्चायो , जिल्लाको सबैभन्दा विकट क्षेत्र नार्पा हो । यहाँ सवारी

मर्स्याङ्दी नदीको पुल भासिँदा खाद्यान्न ढुवानीमा समस्या

रासस। लगातारको वर्षासँगै मनाङको नार्पाभूमि गाउँपालिकास्थित मर्स्याङ्दी नदीको पुल भासिँदा खाद्यान्न ढुवानीमा समस्या भएको छ। असारको शुरुआतदेखि परेको अविरल वर्षाका कारण मस्याङ्दी नदीमा आएको बाढीपहिरोले झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले बताए। उनकाअनुसार असार महिनाको शुरुआतदेखि आएको अविरल वर्षाले जिल्लाको सबैभन्दा विकटक्षेत्र नार्पामा सवारी आवागमन समस्या भएको हो। जसको विकल्पमा घोडा र गधाको भरमा सदरमुकाम चामेबाट खाद्यान्न ढुवानी गरिन्छ।