चीन-नेपाल मैत्री औद्योगिक पार्क : प्रक्रियामै रुमल्लियो ६५ अर्ब लगानी

१७ माघ, काठमाडौं । १६ फागुन २०७७ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै ठूलो र दक्षिण एशियाकै नमूना भनिएको चीन-नेपाल मैत्री औद्योगिक पार्कको गृहजिल्ला झापामा शिलान्यास गरे । शिलान्यास कार्यक्रममा ओलीले आगामी ५ वर्षमा नेपालकै नमूना औद्योगिक पार्क बन्ने भन्दै यसबाट ४५ हजार जनालाई रोजगारी सृजना हुने घोषणा पनि गरे । ‘सरकारले तीन वर्षमै […]

सम्बन्धित सामग्री

६५ अर्ब चिनियाँ लगानीमा चीन-नेपाल मैत्री औद्योगिक पार्क

१६ फागुन, काठमाडौं । नेपालकै ठूलो र दक्षिण एशियाकै नमूना भनिएको चीन-नेपाल मैत्री औद्योगिक पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार शिलान्यास गरेका छन् । झापाको दमकस्थित रतुवा र मावा नदीबीचको एक हजार ४२२.२५ हेक्टर क्षेत्रफलमा उक्त पार्क दुई वर्षभित्र निर्माण सम्पन्न हुने चिनियाँ कम्पनीले जनाएको छ । चीनको महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) […]

यती एयरलाइन्सबाट झापा पुगे प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन्। यती एयरलाइन्समार्फत उनी भद्रपुर विमानस्थल पुगेका हुन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि प्रधानमन्त्री ओली पहिलो पटक गृहजिल्ला गएका हुन्।झापा क्षेत्र नम्बर ५ मा चीन-नेपाल मैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्शिप इन्डस्ट्रियल पार्क)को शिलान्यास कार्यक्रम छ। यो प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्र पर्दछ।औद्योगिक पार्क दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकामा बन्न लागेको छ। नेपाल

झापामा ओलीले विवादास्पद चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास गर्दै

झापा । झापाको दमक गौरादह र कमल गाउँपालिका छेत्रमा बन्ने भनिएको चीन–नेपाल औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्शिप इन्डस्ट्रियल पार्क) शिलान्यास तयारी तिब्र रुपमा हुँदैछ । यही फागुन १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक चर्चा र विवादित औद्योगिक पार्कको शिलान्यास गर्दैछन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड दमकका कार्यालय प्रमुख सन्जय थापाका तर्फबाट उक्त प्रस्तावित औद्योगिक पार्कका... The post झापामा ओलीले विवादास्पद चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास गर्दै appeared first on Purbeli News.

औद्योेगिक क्षेत्र विस्तार( सम्पादकीय)

सरकारले प्रस्ताव गरेका १५ नयाँ औद्योगिक क्षेत्रमध्ये आगामी पाँच वर्षमा सम्पन्न गर्ने गरी छ वटा क्षेत्रको निर्माण कार्यलाई तीव्रता दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको छ । यसैगरी १६ गते उहाँले दमकमा चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास गर्नुहुने कार्यक्रम छ । यसबीच बाँके, रुपन्देही र मकवानपुरमा पनि औद्योगिक क्षेत्रको शिलान्यास हुनेछ । सबै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको नीतिअनुसार १५ मध्ये छ वटा औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि बढाएको छ । वर्तमान सरकारको चालू नीति तथा बजेट वक्तव्यमा सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरिएको छ । औद्योगिक क्षेत्र निर्माणमा आवश्यकपर्ने जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृतिजस्ता प्राथमिक गृहकार्य सम्पन्न भइसकेकाले आगामी पाँच वर्षपछि सुविधा सम्पन्न क्षेत्र निर्माण भई औद्योगिक लगानीलाई सहज गर्ने निश्चित छ । कञ्चनपुरको दैजीछेला (सुदूरपश्चिम), बाँकेको नौबस्ता र रुपन्देहीको मोतीपुर (लुम्बिनी), चितवनको शक्तिखोर र मकवानपुरको मयूरधाप (बागमती) तथा झापाको दमक (प्रदेश १) औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले २०७२ चैतमा निर्णय गरेको थियो । औद्योगिक क्षेत्रको निर्माणले उद्योगीलाई भाडा, जग्गा उपभोग, विद्युत् आपूर्ति, कच्चा तथा उत्पादित वस्तुको ढुवानीमा सहजता हुनेछ भने श्रमिकका बालबच्चा स्याहार केन्द्र सञ्चालनजस्ता सामाजिक उत्तरदायित्वका कार्यमा पनि सहजता हुनेछ । थप छ वटा औद्योगिक क्षेत्र स्थापनाका लागि करिब डेढ खर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ । राज्यले यति ठूलो लगानी गरिसकेपछि औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न प्रोत्साहित गर्नु त्यत्तिकै आवश्यक छ । स्वदेशी लगानीमा निर्माण हुने मयूरधाप, दैजीछेला र नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यकपर्ने २५ अर्ब रुपियाँ उपलब्ध गराउन उद्योग र अर्थमन्त्रीले संयुक्त प्रतिबद्धता गर्नुभएकाले रकमको अभाव हुनेछैन । शक्तिखोर तथा मोतीपुर औद्योगिक क्षेत्र निर्माणमा वैदेशिक लगानी खोजी भइरहेकाले स्रोत व्यवस्थापन सुनिश्चित गर्नुपर्ने पहिलो आवश्यकता हुनेछ ।