प्राविधिक समस्या देखाएर विमानस्थल सञ्चालन नगरे सह्य हुँदैन: मेटमणी चौधरी

सहरी विकासमन्त्री मेटमणी चौधरीले दाङको टरिगाउँ विमानस्थल जस्तोसुकै अवस्थामा भएपनि बन्नुपर्ने बताएका छन् ।बिहीबार तुलसीपुर उपमहानगरपालिकाका स्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले टरीगाउँ विमानस्थल बनाउनको लागि सरकाले पनि कुनै किसिमको अवरोध गर्न नहुने बताए । मन्त्री चौधरीले दाङका नेताहरु मन्त्री हुँदा समेत विमानस्थल बनाउन नसक्दा दु:ख लागेको बताए । […]