बुटवलमा अनियमित विद्युत कटौती र लो भोल्टेजको समस्या समाधान गर्न नगरप्रमुख पाण्डेको निर्देशन

बुटवल – बुटवलमा भइरहेको अनियमित विद्युत कटौतीबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले तत्काल समस्या समाधान गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्। नगर प्रमुख पाण्डेले बुधबार विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतो, इन्जिनियरहरु किरण खनाल र आनन्द सापकोटासहितको टोलीसँग विद्युत कटौती, लो भोल्टेज र सडक क्षेत्रका पोललगायतका समस्याका बारेमा छलफल गरेका थिए। नगरप्रमुख […]

सम्बन्धित सामग्री

मंगलबारदेखि उद्योगमा विद्युत् आपूर्ति सहज

२० वैशाख, काठमाडौं । पूर्वी नेपालका उद्योगहरुमा सहज विद्युत आपूर्ति सुरु भएको छ । केही दिनयता पर्याप्त बिजुली आयात हुन नसकेपछि उद्योगहरुमा अनियमित विद्युत कटौती भइरहेको थियो । लोडसेडिङ नै हुने अवस्था आएको भन्दै प्रदेश १ उद्योगीहरुले २० वैशाखसम्म समस्या समाधान नभए संयुक्त रुपमा चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए । प्राधिकरणले मंगलबारबाट उद्योगहरुमा नियमित विद्युत […]

‘लोडसेडिङ तालिका’ बनाउँदै विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा आवश्यक बिजुली दिन नसक्दा भैरहवा र लुम्बिनी क्षेत्रका उद्योगहरु समस्यामा परेका छन् । बेला बेलामा बिजुली आउने जाने हुँदा उद्योगहरुले हरेक दिन अर्बौ रुपैयाँ घाटा ब्यहोर्नु परेको पञ्चकन्या स्टिलका महाप्रवन्धक देवेन्द्र शाहले बताए ।उनका अनुसार आज सोमबार बिहान ४ बजेदेखि ६ बजेको अवधिमा ६ पटक विद्युत कटौती भयो । एक पटक विद्युत काटेर केही मिनेटको अन्तरमा बिजुली छोडिँदा पनि ५ लाख बढी घाटा हुन्छ । आउने जाने समस्या दिनुभन्दा तालिका नै दिए हुन्थ्यो भन्ने आफूहरुको माग रहेको शाहले बताए ।‘हरेक दिन १२ घण्टा लाइन काटिन्छ’घरानाँ फुड्सका प्रवन्धक विकास गोयन्काका अनुसार औपचारिक रुपमा लिखित तालिका नआएपनि हरेक दिन १२ घण्टा विद्युत कटौती हुने गरेको छ । घोषित रुपमा नभई प्राधिकरणले अघोषित रुपमा यसो गर्दा आफूहरुलाई मर्का परिररहेको उनको गुनासो छ ।‘बेलुका ६ बजेपछि घडी हेरेरै काटिन्छ, अनि प्राधिकरणमा फोन गरेर सोध्दा अब भोली बिहान ५/६ बजेतिर मात्रै आउँछ भन्ने जानकारी गराइन्छ’ गोयन्का भन्छन्, ‘बेलुका ६ बजे ट्याक्क गएको बत्ती बिहान कहिले ५ः५० तिर, कहिले ६ बजेतिर आउँछ ।’विगत ६ दिनदेखि समस्या आएको भएपनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेको दिन चैत १० गते बिहिबार भने २२ घण्टा बिजुली दिईएको थियो । ‘३ दिन पूरै अन्धकार नै भयो’ गोयन्काले थपे, ‘कुलमान सरले पत्रकार सम्मेलन गरेर अब समस्या आउँदैन भनेको दिन २२ घण्टा बिजुली दिईएको थियो, तर त्यसपछि फेरि अहिले १२ घण्टा काट्न थालिएको छ ।’यो क्षेत्र प्राधिकरणको भैरहवा वितरण केन्द्र अन्तर्गत पर्छ । गोयन्काको घराना फुड्स उद्योग भैरहवाको अञ्चलपूर भन्ने ठाउँमा छ ।१२ घण्टा लोडसेडिङको तालिका बनाउँदै प्राधिकरणअहिलेसम्म प्राधिकरणले उद्योगहरुमा कुनै जानकारी नै नदिई बिजुली काटौती गर्दै आएको छ । उद्योगीहरुले औपचारिक तालिका माग गर्दा प्राधिकरणको सम्बन्धित वितरण केन्द्रका कर्मचारीले ‘माथिबाट तालिका दिने आदेश छैन’ भन्ने जवाफ दिने गरेका छन् ।तर, मणिग्राम र भैरहवा वितरण केन्द्रका विशेष स्रोतले भने प्राधिकरणको केन्द्रीय कार्यालयले लोडसेडिङ तालिका बनाउन सुरु गरिसकेको छ ।यसअघिःप्राधिकरणले सुरु गर्‍यो लोडसेडिङ, कुलमानले बिजुली दिन नसक्दा देशैभरका उद्योग बन्द‘औपचारिक रुपमा यति घण्टा बिजुली कटौती हुन्छ भनेर अहिलेसम्म कुनै पनि उद्योगमा भनिएको छैन’ स्रोत भन्छ, ‘दैनिक १२ घण्टा बिजुली कटौती गर्ने गरी तालिका बन्दैछ भन्ने जानकारी छ । तर, देश नै लोडसेडिङमुक्त भएको घोषणा भईसकेकाले फेरि लोडसेडिङ तालिका भन्दा त्यति राम्रो सन्देश नजाने भएकाले लोडसेडिङको सट्टा अरु नै केही लेखेर तालिका दिने तयारी छ ।’अहिले भैरहवासहित वीरगञ्ज, विराटनगर, हेटौँडा लगायतका क्षेत्रका उद्योगहरुमा पनि बिजुली काटौती हुने गरेको छ ।के भन्छ प्राधिकरण ?प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई लोडसेडिङ तालिका नै भनेर नभनिएको तर भारतबाट बिजुली नआउँदा जति समय पनि बिजुली कटौती गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । ‘हामीले भारु २० मा बिड गर्दा पनि पाएका छैनौँ, ३ सय मेगावाट माग गर्दा २०/३० मेगावाट मात्रै मुस्किलले पाईरहेको अवस्था छ’ उनले भने, ‘हाई रेटमा बिड हालिरहेका छौँ, तैपनि पाएका छैनौँ, पाउँदा उद्योगलाई बिजुली दिन सक्छौँ, नपाउँदा सक्दैनौँ, अहिलेको समस्या यहीँ हो ।’भारतबाट दिउँसो बिजुली आईरहेपनि बेलुका भने दिन नसकिरहेको उनको भनाई छ । ‘भारतमा समस्या समाधान भएन भने हामीले बिजुली पाउन सक्दैनौँ’ उनी थप्छन्, ‘यति नै घण्टा बिजुली काटिन्छ भन्ने हुँदैन, कहिले ९ घण्टा काटिन सक्छ, कहिले १२ घण्टा काटिन सक्छ, कहिले १५ घण्टा पनि काट्नुपर्ने हुन्छ, कम्तीमा १ महिना यहीँ रेसियो रहन्छ ।’

सर्लाहीमा विद्युत आपुर्ति अनियमितता अझै कायम

सर्लाही, साउन १८ । सर्लाहीमा केही दिन यता हुँदै आएको विद्युत आपुर्तिमा अनियमितता अझै केही दिन कायम रहने भएको छ । विद्युत वितरण केन्द्र लालबन्दी शाखाका अनुसार हुँदै आएको विद्युत कटौती र भोल्टेज समस्या समाधान गर्न केही दिन समय लाग्ने भएको हो । प्राधिकरणका अनुसार ढल्केवर ग्रिड स्टेशनमा रहेको ट्रान्सस्फर्मरमा समस्या आएपछि जिल्लामा विद्युत् अनियमित […]