माओवादी केन्द्रले प्रदेशस्तरीय बैठकको मिति परिवर्तन गर्‍यो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले प्रदेशका पूर्वनिर्धारित बैठकहरुको समय परिवर्तन गरेको छ । आज (शुक्रबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले पूर्वनिर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल आगामी साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएका कारण बैठक सारिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए । […]