रत्ननगरमा ३० करोड लगानीको वाटर किङडम शिलान्यास

चितवन (अस) । चितवनको रत्ननगर नगरपालिका–५ झुवानीमा ३० करोड रुपैयाँ लगानीमा वाटर किङडम निर्माण हुने भएको छ । नगरपालिकाका मेयर नारायण वनले वाटर किङडमको शिलान्यास गरे । झुवानी माविले संरक्षण गर्दै आएको तीन बिघा क्षेत्रफलमा सार्वजनिक/निजी साझेदारीमा वाटर किङडम निर्माण सुरु गरिएको मेयर वनले जानकारी दिए  । पहिलो चरणमा ९ करोड ७९ लाखमा ठेक्का सम्झौता भई काम सुरु भएको उनले बताए । पार्कमा सरकारको ४ करोड  ५५ लाख र नगरपालिकाको ५ करोड २४ लाखको लगानी रहेको छ । सरकारी लगानीबाहेक वाटर किङडम निर्माण, सञ्चालन र व्यवस्थापन गर्ने गरी शेयर लगानी खुला गरिएको मेयर वनले बताए । वाटर किङडमप्रति स्थानीयको अपनत्व बढाउन एक घर एक शेयरको अवधारणा ल्याइएको छ । पहिलो वडाबासी, दोस्रो नगरबासी र त्यसपछि मात्र बाहिरी व्यक्तिका लागि प्राथमिकताका आधारमा शेयर खुल्ला गरिनेछ । वाटर किङडम निर्माणका लागि झुवानी माविसँग २५ वर्षसम्म जग्गा भाडामा लिइएको छ । प्रतिकठ्ठा प्रतिवर्ष ६ हजार भाडा निर्धारण गरी नगरपालिका र विद्यालयबीच सम्झौता गरिएको उनले बताए । यो चितवनमै अत्यधुनिक र सुविधासम्पन्न वाटर किङडम हुने नगरपालिकाको दाबी छ । वाटर किङडममा तीन वटा कृत्रिम पोखरी, स्वीमिङ पुल, ६० देखि ६५ मिटरको ६ वटा चिप्लेटी, पानी डान्स (हलभित्र कृत्रिम हिउँ पार्ने), गर्मी छल्न हलभित्र कृत्रिम हिउँ, रोटे पिङलगायत पूर्वाधार निर्माण हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । वाटर किङडमलाई सौराहाको प्याकेज कार्यक्रममा समावेश गरी यहाँ आउने अधिकांश पर्यटकलाई यसको अवलोकन गराउने योजना नगरपालिकाको छ । वडा–५ का वडाध्यक्ष कृष्ण महतोले वाटर किङडम आफ्नै भएको आत्मविश्वास बढाउन एक घर एक शेयरको अवधारणा अघि सारिएको बताए । ‘पैसा हुनेले सजिलै शेयर हाल्नुहुन्छ,’ उनले भने, ‘नहुनेलाई हामी काम दिन्छौं र त्यहीबाट आएको पैसा शेयर हाल्न लगाउँछौं ।’ पर्यटक आकर्षण केन्द्रको रूपमा लिइएको वाटर किङडम बन्ने भएपछि ६० वर्षपछि झुवानीमा खुसी फर्किएको छ’, स्थानीय रामचन्द्र चौधरीले भने, ‘झुवानी ६० वर्ष पहिले जिल्लाको सदरमुकाम थियो । अब वाटर किङडमले झुवानीलाई चिनाउनेछ ।’ कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, वडा–६ का वडाध्यक्ष बलराम दाहाल, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई, झुवानी माविका पूर्वअध्यक्ष जोगेन्द्र महतोलगायत सहभागी थिए ।

सम्बन्धित सामग्री

सुदूरवासीले प्लेन चढ्न अब काठमाडौंलाई सोध्नुपर्दैन : मन्त्री आले

डोटी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौंमा सोधेर जहाज कतिबजे आउँछ? भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त भएको बताएका छन्।कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री आलेले सुदूरपश्चिमका यात्रुहरुले प्लेन आउने नआउने विषयमा काठमाडौंबाट जानकारी लिनु पर्ने अवस्थाको अन्त भएको बताए।उनले भने, “जहाज सञ्चा

‘काठमाडौंमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्था अन्त्य भयो’

कैलाली, असार १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् । कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माणकको शनिबार शिलान्यास गर्दै उनले सुदूरपश्चिमका […]

‘काठमाडौँमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्था अन्त्य भयो’

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एयरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् । कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माणको शनिबार शिलान्यास गर्दै उनले सुदूरपश्चिमका यात्रुले प्लेन […]

‘काठमाडौंमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्था अन्त्य भयो’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौंमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् ।कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माणको शनिबार शिलान्यास गर्दै उनले  सुदूरपश्चिमका यात्रुले प्लेन आउने–नआउने विषयमा काठमाडौँबाट जानकारी लिनुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले भने, “जहाज सञ्चा

सुदूरपश्चिमवासीले जहाज चढ्न अब काठमाडौँमा सोध्न पर्दैन : मन्त्री आले

धनगढी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् । कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माणको शनिबार शिलान्यास गर्दै सुदूरपश्चिमका यात्रुले प्लेन आउने–नआउने […]

‘काठमाडौँमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्था अन्त्य भयो’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माणकको शनिबार शिलान्यास गर्नुहुँदै उहाँले सुदूरपश्चिमका यात्रुले प्लेन आउने–नआउने विषयमा […]

धनगढी विमानस्थललाई प्रादेशिक विमानस्थलमा स्तरोन्नति गर्ने कार्य शुरु

कैलालीको धनगढीस्थित धनगढी विमानस्थललाई प्रादेशिक विमानस्थलका रुपमा स्तरोन्नति गर्ने कार्य शुरु भएको छ । धनगढी विमानस्थलको स्तरोन्नतिका लागि टर्मिनल भवन सुधार, ब्यागेज हेन्डलिङ्ग सिस्टम, वाटर फाउण्टेन, क्यान्टिन, गेट निर्माण लगायतका कार्य अघि बढाइएको हो ।शनिबार एक समारोहका बीच विमानस्थलको स्तरोन्नतिका लागि नागरिक सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्तरोन्नतिको कामको शिलान्यास गरेका हुन् । विमानस्थल स्तरोन्नतिका कामका लागि दुई चरणमा ठेक्का सम्झौता गरि कामअघि बढाइएको छ । सव

नेपालका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाउँछु : मन्त्री आले

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाइने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनको विस्तारित प्रस्थान कक्ष, व्यागेज बेल्टको आज उद्घाटन तथा टर्मिनल भवन शिलान्यास र विमानस्थल गौचर हाताभित्र बुटिक अवधारणाअनुसार नव निर्मित वाटर फाउन्टेनको कार्यक्रममा उनले नेपालका विमानस्थलका थप विकास तथा विस्तार […]

नेपालका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाउँछु : मन्त्री आले

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाइने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिन भवनको विस्तारित प्रस्थान कक्ष, व्यागेज बेल्टको आज उद्घाटन तथा टर्मिनल भवन शिलान्यास र विमानस्थल गौचर हाताभित्र बुटिक अवधारणाअनुसार नव निर्मित वाटर फाउन्टेनको कार्यक्रममा उहाँले नेपालका विमानस्थलका थप विकास तथा विस्तार गरी आन्तरिक […]