काठमाण्डाै – चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालबाट विभिन्न २९ खेलमा दुई सय ३४ जना खेलाडी सहभागी हुने भएका छन् ।
ललितपुरकाे सातदोबाटोमा रहेकाे अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीवार भएको १९ औँ एसियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धमा राष्ट्रिय खेलसँगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव टङ्कलाल घिसिङले नेपालले दुई सय ३४ जना खेलाडी सहभागी गराउने जानकारी दिनुभयो ।
सदस्य सचिव घिसिङले एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि २४ करोड रुपैयाँ ...