परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा आज अपराह्न भारतको नयाँदिल्ली पुगेका छन् ।  उनलाई इन्दिरा गान्धी अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्वर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।मन्त्री ज्ञवालीले भोलि शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नेछन् । यसैब

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री श्रेष्ठले मागे पूर्वराजदूतहरुसँग सुझाव

काठमाडौँ – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वराजदुतहरुसँग छलफल गरेका छन्। परराष्ट्रमन्त्री श्रेष्ठले बुधवार नेपालबाट विभिन्न देशमा राजदूतको जिम्मेवारी सम्हाली सेवानिवृत्त भएका पूर्वराजदुतहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन्। छलफलका क्रममा परराष्ट्र मन्त्रालयलाई सुदृढ पार्ने, मन्त्रालय र दुतावासबीचको समन्वय र छिमेकी देशहरुसँगको सम्बन्ध सुधारका विषयमा अनुभव साटासाट गरिएको हो। छलफलपछि बगंलादेशका लागि नेपालका पूर्वराजदुत मोहन लोहनीले […]

चीन भ्रमण फलदायीः परराष्ट्रमन्त्री

काठमाडौं, साउन २६ । परराष्ट्रमन्त्री नारायण खड्काले चीन भ्रमण फलदायी भएको बताएका छन् । तीन दिने चीन भ्रमण पूरा गरी बिहीबार फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । परराष्ट्रमन्त्री खड्काले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको दोहोर्याउदै नेपाली भूमि चीनविरुद्धको कुनै […]

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज चीन भ्रमणमा जाने भएका छन्।  चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार खड्काको २६ गतेसम्म चीनमा रहनेछन्।  उनले साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नेछन्। त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन्। शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएयता मन्त्री खड्काको पहिलो चीन भ्रमण हो। गत मा

परराष्ट्रमन्त्री खड्का दिल्ली जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भएको एक महिनाभित्रै परराष्ट्रमन्त्री डा. नारायण  खड्का भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्री खड्का औपचारिक भ्रमणमा नभएर अन्तर्राष्ट्रिय सम्बन्धबारे आयोजित एउटा प्रवचन शृंखलामा सम्बोधन गर्न...

परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा

काठमाडौं, माघ २० । परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा नेकपा एमाले निकट अनेरास्ववियुले कालो झण्डा देखाएका छन् । गृहजिल्ला पुग्नुभएका परराष्ट्रमन्त्री खड्कालाई अनेरास्ववियुका विद्यार्थीले मदन भण्डारी लोकमार्गको त्रियुगा अस्पतालमा कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । परराष्ट्रमन्त्री डा.खड्का त्रियुगा नगरपालिका–८ स्थित […]

उदयपुरमा परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा

परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् । गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएका हुन् ।गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।परराष्ट्रमन्त्री डा.खड्का त्रियुगा नगरपालिका–८ स्थ

परराष्ट्रमन्त्री खड्काले झुटो बोलेपछि...

परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको द्वन्द्वपीडितको समस्या समाधान उन्मुख रहेको झुटो कुरा बोलेको भन्दै द्वन्द्वपीडित आक्रोशित बनेका छन् । साथै पीडितहरूले परराष्ट्रमन्त्री खड्काले झुटो बोलेको भन्दै राष्ट्रसंघका महासचिवलाई पत्र पठाएर ध्यानाकर्षणसमेत गराएका छन् ।नेपालको १० वर्षे द्वन्द्वका क्रममा सरकारपक्ष र तत्कालीन माओवादीपक्षबाट गम्भीर मानव अधिकार हननका घटनाका दोषीलाई कारबाही नभइरहेको बेला परराष्ट्रमन्त्री खड्काले संयुक्त राष्ट्रसंघ महासभामा उभिएर पीडितको मुद्दा

परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन अमेरिकामा रहेका परराष्ट्रमन्त्री नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन्।

परराष्ट्रमन्त्री खड्काले गरे पदस्थापन

परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधवार पदस्थापन गरेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएसँगै उनले पदस्थापन गरेका हुन् ।  सत्तारुढ गठबन्धनको मंगलवार बसेको बैठकले डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसंघीय महासभामा पठाउने प्रतिनिधि नभएपछि अन्य मन्त्रीको नियुक्ति बाँकी राखेर परराष्ट्रमन्त्री नियुक्त गरिएको हो । उदयपुरबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित खड्का सुशील कोइराला प्रधानमन्त्री रहेको समयमा शहरी विकास मन्त्री थिए ।

परराष्ट्रमन्त्री खड्काले राष्ट्रपतिबाट लिए शपथ

परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधवार शपथ लिएका छन् । उनलाई राष्ट्रपति विद्या भण्डारीले शपथ गराएकी हुन् ।  सत्तारुढ गठबन्धनको मंगलवार बसेको बैठकले डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसंघीय महासभामा पठाउने प्रतिनिधि नभएपछि अन्य मन्त्रीको नियुक्ति बाँकी राखेर परराष्ट्रमन्त्री नियुक्त गरिएको हो । उदयपुरबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित खड्का सुशील कोइराला प्रधानमन्त्री रहेको समयमा शहरी विकास मन्त्री थिए ।