राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन ३१ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने गरी तयारी लगभग पूरा गरेको छ । तर परीक्षाको मिति नजिकिँदै गर्दा परीक्षा स्थगन गर्न दबाब बढ्न थालेको छ । गत जेठ २६ गतेबाट गर्ने भनिएको परीक्षा लकडाउनका कारण स्थगित भएको थियो । त्यसपछि बोर्डले साउन ५ गते एक सूचना प्रकाशन गर्दै साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जनाएको थियो । परीक्षा सञ्चालनका लागि तत्कालीन सिसिएमसीले स्वास्थ्य मापदण्ड पूरा गर्ने सर्तमा होम सेन्टर (आफू पढेको विद्