काठमाडौं – गत वर्ष नेपाल क्रिकेट संघ क्यानले ठूलो महत्वका साथ सञ्चालन गरेको नेपाल टी–२० लिगमा स्पट फिक्सिङको मुद्दा खेपिरहेका पाँच जनाले सफाइ पाएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलले सोमबार फिक्सिङमा दाबी नपुगेको भन्दै पाँचै जनालाई सफाइ दिएका हुन्। गत वर्ष ठूलो तामझामका साथ गरिएको टी–२० लिग स्पट फिक्सिङका कारण विवादीत बनेको थियो। […]