गैरसांसदलाई मन्त्रीः ‘लोकतन्त्र मास्ने षड्यन्त्र’

काठमाडौं, असोज २३ । संविधानविद्, राजनीतिकर्मी तथा नागरिक समाजमा विभिन्न अगुवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएर लोकतन्त्र मास्ने षड्यन्त्र गरेको बताएका छन् । देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा प्रधानन्यायधीश चोलेन्द्रशमसेर जबराको कोटाबाट गैरसांसद रहेका राणाका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएपछि यस कार्यको सर्वत्र विरोध भएको छ । प्रधानमन्त्रीको यस्तो कार्यले लोकतन्त्र समाप्त हुन […]