माधव नेपालको कारण ओलीलाई तनाव

प्रधानमन्त्री केपी ओलीले आइतबार बालुवाटारमा बोलाएको एमाले महाधिवेशन आयोजक समितिको बैठकमा सरकारविरुद्ध अविश्वास प्रस्ताव आए पार्टीका असन्तुष्ट माधव नेपाललगायत केही नेताले फ्लोर क्रस गर्न सक्नेबारे समीक्षा भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।  ‘अहिले अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेका छन्, विपक्षीले ल्याउने कुरा त ठूलो भएन तर कर्णालीमा जस्तै विभिन्न ठाउँमा फ्लोर क्रस गराउने कोसिस भइरहेको हामीले जानकारी पाएका छौं, त्यसबारेमा पार्टीले आवश्यक समयमा निर्णय गर्नुपर्छ भन्ने कुरा भएको छ,’ प्रवक्ता प्रदीप ज्ञवालील...

सम्बन्धित सामग्री

ओलीलाई दबाब कि दाहाललाई तनाव ?

सत्ता गठबन्धनको काँध फेरेको चार महिनामै प्रधानमन्त्री पुष्पकमल दाहाल तनावमा परेका छन्।

आउ सक्छौ भने सिंगल सिंगल भिडौं !

पार्टीभित्र जे भनुन् कांग्रेस सभापति शेरबहादुर टुट्ने मुडमा छैनन्। प्रचण्ड पनि सहकार्यमा कांग्रेसको चिन्ह बोक्न पूरै तयार। पिरलोमा छन् एमाले अध्यक्ष केपी ओली। दुवै मिल्दाको तनाव चाहिँ एमाले अध्यक्ष ओलीलाई। त्यसैले भन्दैछन् सिंगल सिंगल भिडौं। सबैलाई आ आफ्नै चिन्ता कि कसो?

विप्लवका प्रवक्ताका कारण प्रधानमन्त्रीलाइ तनाव

पार्टी भित्रै तनाव खेपीरहेका नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि चेपुवामा पारेको छ ।  नेकपाले आफ्ना नेता–कार्यकर्ता रिहा र मुद्दा फिर्ताको काम १० दिनभित्र ...

‘प्रधानमन्त्री ओलीलाई काम गर्न देऊ’ भन्दै बुटवलमा प्रदर्शन

पार्टीभित्र आन्तरिक तनाव चुलिएको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका युवा तथा खेलाडीहरूले राष्ट्रियता, सरकार, प्रधानमन्त्री र पार्टी अध्यक्षको पक्षमा भन्दै बुटवलमा प्रदर्शन गरेका छन् । सरकारले राष्ट्रियतासँगै धेरै क्षेत्रमा ऐतिहासिक काम गरिरहेको भन्दै सरकार ढाल्न र पार्टी विभाजन गर्न नहुने आशयमा प्लेकार्डहरूसहित उनीहरूले प्रदर्शन गरेका थिए । सहभागीहरूले वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढलाउन पाइँदैन, प्रधानमन्त्री ओलीलाई काम गर्न देऊ, नेपाल फिजी बनाउन पाईंदैन लगायतका नाराहरू लेखिएका प्ले कार्ड बोकेका थिए । प्रदर्शनमा प्रधानमन्त्री ओलीलाई रुचाउने समूहका पूर्व एमालेका युवा खेलाडीसँगै कतिपय पूर्व माओवादीका युवाहरू पनि सहभागी थिए ।