आज नेपालमा सक्रिय संक्रमितको संख्या ३२ हजार १४४

काठमाडौं। पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या थपिएसँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३२ हजार १४४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सातवटा प्रदेशमध्ये सबैभन्दा बढी सक्रिय संक्रमित बागमती प्रदेशमा छ। जसअनुसार बागमतीमा १४ हजार २०, प्रदेश १ मा छ हजार २५८ र गण्डकीमा पाँचहजार ३७७ छन्। नेपालमा कुल संक्रमितको संख्या सात ५९ हजार ३०७ रहेको मन्त्रालयले जनाएको छ।