मैदानमा चर्चित नेताहरू

पार्टी प्रमुखदेखि पूर्वप्रधानमन्त्रीसम्मको प्रतिस्पर्धाले दोस्रो चरणमा हुने निर्वाचन रोचक हुने देखिएको छ । यो क्षेत्रमा एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्वाङ, कांग्रेसका केन्द्रीय नेताहरू शेखर कोइराला, विजयकुमार गच्छदार, महेश आचार्य, मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, कृष्णप्रसाद सिटौलालगायत चुनावी मैदानमा छन् ।