लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु हुनु अघि पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका हुन्। पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफलका लागि आज विशेष अधिवेशन आह्वान भएको थियो। अधिवेशनमा विश्वासको मत पाउन सक्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन्।…

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेस र माओवादी केन्द्रले आलोपालो गर्ने

विगत ४ महिनादेखि अल्पमतको सरकारको नेतृत्व गरिरहनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।मुख्यमन्त्री शंकर पोखरेल साढे ३ वर्षे कार्यकालको सत्ताबाट बाहिरिएसँगै बन्ने सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कानौडियाले यस्तो जानकारी दिएका हुन् ।उनले माओवादीसँग आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार