१४ वर्षीय छोराले चिर्पट प्रहार गर्दा ४५ वर्षीय बुवाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

बुटवल : पाल्पामा छोराले बुवाको हत्या गरेका छन्। माथागढी गाउँपालिका-४ नेटाका १४ वर्षीय किशोरले चिर्पट प्रहार गरी ४५ वर्षीय तिलबहादुर दिशाको हत्या गरेका हुन्। घरमा सामान्य झगडा भएपछि शनिवार राति ८ बजे छोराले तिलबहादुरलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र…