यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले आइतबार हवाई आक्रमण गरेको स्थानीयले बताएका छन् ।
गठबन्धन सेनाले सानास्थित विद्रोहीको पहिलो डिभिजन क्याम्प, मेन्टेनेन्स क्याम्प र चौंथो ब्रिगेड र राजधानीको दक्षिणी क्षेत्र अट्टानमा व्यापक हवाई आक्रमण गरेको स्थानीयहरूले बताएका हुन् । आक्रमणबाट भएका क्षतिका विवरणहरू प्राप्त भइनसकेको अरब क्षेत्रका प्रमुख टेलिभिजनहरूले बताएका छन् ।
इरानको निकट मानिने यमनी हुथी विद्रोहीले साउदी सहरहरूलाई लक्षित गरी आक्रमण बढाएपछि साउदी नेतृत्वले सानामा आक्रमण ग...