विराटनगर महानगरको सभापतिमा चापागाईं निर्वाचित, ६ पालिकामा पनि नयाँ नेतृत्व

काठमाडौं । नेपाली काँग्रेस विराटनगर महानगरपालिकाको नगर सभापतिमा दीपक चापागाईँ निर्वाचित भएका छन् । केन्द्रीय सदस्य शेखर कोइराला निकट चापागाईँले २१२ मत प्राप्त गरी महानगर सभापतिमा बाजी मारेका हुन् ।सभापति शेरबहादुर देउवा निकट सन्तोष न्यौपानेले १६५ मत मात्रै प्राप्त गरेका थिए। संस्थापन इत्तर पक्षबाटै सभापति पदमा उठेका कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत ल्याएका थिए ।महानगर समितिको उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी निर्वाचित भएका छन्। सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचि

सम्बन्धित सामग्री

कैलालीका पालिकामा महिलाको नेतृत्व न्यून

गत स्थानीय निर्वाचनबाट कैलालीका सबै पालिकामा महिलाले पनि नेतृत्व गर्न पाएका थिए । अहिले कैलालीमा स्थानीय तहको निर्वाचनका लागि बनेको तालमेलमा महिलाको नेतृत्व न्यून देखिएको छ । राजनीतिक दलहरू आ–आफ्नो ढङ्गले चुनाव लडेका कारण र संवैधानिक व्यवस्थाअनुसार पालिकाको प्रमुख दुईमध्ये एक पदमा महिला अनिवार्य भएका कारणले पनि महिलाले नेतृत्व तहमा पुग्ने अवसर पाएका हुन । …

बैतडीका नौ पालिकामा माओवादीको नयाँ नेतृत्व

बैतडी : नेकपा माओवादी केन्द्रले  बैतडीका नौ पालिकामा अधिवेशन सम्पन्न गरेको छ। मंसिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्‍तर्गत हालसम्म जिल्लाको नौ पालिकामा अधिवेशन सम्पन्न गरेको हो। माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार मेलौली, दशरथचन्द, पाटन, पुर्चौडी नगरपालिका, शिवनाथ, सुर्नया, डिलाशैनी, दोगडाकेदार र सिगास गाउँपालिकामा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनले सबै स्थानीय तहमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ। माओवादी केन्द्र मेलौली नगरपालिकामा भीमबहादु

डोटीका ६ पालिकामा एकीकृत समाजवादीको नयाँ नेतृत्व

नेकपा (एकीकृत समाजवादी) ले जिल्लाका ६ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । एकीकृत समाजवादीले सङ्गठन विस्तार गर्ने क्रममा ति पालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।  नौ मध्ये ६ स्थानीय तहमा कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए । दिपायल सिलगढी र शिखर नगरपालिका तथा पूर्वीचौकी, केआइसिंह, जोरायल र बडिकेदार गाउँपालिकामा कमिटी गठन गरिएको छ । दिपायल सिलगढीमा शैलेन्द्र खड्काको अध्यक्षतामा ३३ सदस्यीय, पूर्वी चौकीमा गोरखबहादुर बोगटीको अध्यक्षमा

सल्यानका सात पालिकामा माओवादीको नयाँ नेतृत्व चयन

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सल्यानका दश पालिकामध्ये सात पालिकामा नयाँ नेतृत्व चयन गरेको छ।शनिबार भएका दशवटै पालिकामध्ये सात पालिकाले नयाँ नेतृत्व चयन गरेका छन् भने तीन पालिकामा बन्दसत्र चलिरहेको छ।बागचौर, बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा बन्दसत्र चलिरहेको र आज साँझसम्म सम्पन्न हुने माओवादी केन्द्र सल्यानले जनाएको छ। केन्द्रका अनुसार शारदा नगरपालिकामा नवीन भँडेल, कालिमाटी गाउँपालिकामा रुद्रबहादुर घर्ती, त्रिवेणी गाउँपालिकामा राजेन्द्रकुमार थापा, कपुरकोट

एमाले पालिका अधिवेशन: बागलुङका पाँच पालिकामा सर्वसम्मत नेतृत्व

नेकपा (एमाले) को दशौँ महाधिवेशनअन्तर्गत बागलुङको पाँच पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

एमाले पालिका अधिवेशन : लमजुङका सात पालिकामा नेतृत्व सर्वसम्मत

नेकपा एमालेले लमजुङका ७ पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । ८ स्थानीय तह रहेको लमजुङमा मर्स्याङ्दी गाउँपालिकामा तयारी नपुगेका कारण बुधबार अधिवेशन हुने भएको हो । जिल्लाको बेशिसहर नगरपालिका,मध्यनेपाल...

झापाका १५ पालिकामा नेतृत्व चयन

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत यहाँका १५ वटै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ ।   चार पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट कार्यसमिति चयन भएको हो ।  मेचीनगरमा सुवेशकुमार पनेरु, विर्तामोडमा भोजराज सिटौला, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा दुर्गा प्रसाई, भद्रपुरमा रामबहादुर कँडेल, गौरादहमा यादवराज सेढाई, शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत निर्वाचित हुनु भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिए।  उहाँका अनुसार बाह्रदशीमा इन्द्र बस्नेत, गौरीगञ्जमा अग्नु ...

बागलुङको चार पालिकामा सहमतिमा नेतृत्व चयन, ६ पालिकामा सहमति जुटेन

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागलुङका १० वटा पालिकामध्ये चार वटामा मात्र सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार सुरु भएको अधिवेशनमा बागलुङका निसीखोला, तमानखोला, ताराखोला र काठेखोला गाउँपालिकामा सर्वसम्मतिमा नेतृत्व चयन भएको छ । जिल्लाका अन्य ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचनको प्रक्रिया अगाडी बढाएको बागलुङ काँग्रेसले जनाएको छ । नेतृत्व चयनका लागि बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, बरेङ गाउँपालिकामा निर्वाचन हुने भएको हो ।सर

कांग्रेस गोरखाको छ पालिकामा सर्वसम्मत नेतृत्व

गोरखाका ११ स्थानीय तहमध्ये छ वटा पालिकामा कांग्रेसले सर्वसम्मत नेतृत्व चयन भएको छ ।