अन्तरदेशीय व्यापार सहजीकरण गर्न समिट

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को मूल आयोजनामा आगामी मंसिर ५ र ६ गते अर्थात् नोभेम्बर २१ र २२ मा पावर समिट २०१९ हुन लागेको छ । विद्युत् व्यापारको अवसर र चुनौतीलाई विशेष केन्द्रित गरेर हुन लागेको समिटमा नेपालका साथै भारत, चीन, भुटान, बंगलादेश, नर्वे, क्यानडा, बेलायत, अमेरिका, जापानलगायतका देशबाट ७ सयभन्दा बढी विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि सहभागी हुन लागेका छन् । क्षेत्रीय विद्युत् व्यापार, बजार, नियमन, वित्तीय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघीयतामा ऊर्जा परियोजनाहरूको सञ्चालन र सहजीकरण, ऊर्जामा आवश्यक लगानी तथा आयोजना प्रदर्शनीलगायतमा केन्द्रित हुने समिटको प्रधानमन्त्री केपीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा भारत, बंगलादेश र भुटानका ऊर्जा, जलस्रोतमन्त्री समेत सहभागी हुन लागेका छन् ।

सम्बन्धित सामग्री