काठमाडौँ । कर्णाली प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले गत शनिवार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा संसदीय दलका नेता मंगलबहादुर शाही प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्ने तयारीमा छन्। मुख्यमन्त्री कँडेलको राजीनामासँगै प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा […]
मंगलबार सामाजिक सञ्जालमार्फत भट्टराईले देवानगञ्जमा एक युवकको ज्यान जाने, सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी भएको साम्प्रदायिक दंगा अत्यन्त गम्भीर र चिन्ताजनक भएको बताएका छन्।
काठमाडौँ । बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक युवकलाई पक्राउ गरिएको छ । जिल्ला सर्लाही, धनकौल गाउँपालिका–१ शेखौना बस्ने २१ वर्षीय बसन्ता बैठा धोबीले सोमबार राति करिब ८:०० बजे आफ्नै १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरी घाँटीमा साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेका थिए […]
काठमाडौँ– नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आह्वान गरेको आन्दोलनका कारण देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द भएका छन् । संघको आह्वानमा सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरिएको हो । चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको […]