सौराहाका व्यवसायी भन्छन् : ‘एमालेका प्रतिनिधिको हार्दिकता र व्यवहार गजब लाग्यो’

चितवन – नेकपा एमालेको दशाैँ महाधिवेशनका क्रममा चितवनको सौराहामा लगातार तीन दिनसम्म झन्डै आठ हजार सङ्ख्यामा भिड थियाे । महाधिवेशन प्रतिनिधिसँगै चासो राख्ने एमालेका हजारौँ कार्यकर्ताले सौराहा भरिएको थियो । मङ्सिर १०, ११, १२ र १३ गते सौराहामा रहेका सबै होटल बुक भएका थिए । भरिभराउ सौराहामा एमालेका कार्यकर्ताको हार्दिकता र व्यवहारले नयाँ छाप छाडेको छ । नेकपा एमालेको दशौँ महाधिवेशनमा प्रतिनिधिको व्यवस्थापन शैली देखेर सौराहावासी उत्साहित भएका छन् । सौराहाका होटलमा बसेका एमालेका प्रतिनिधिले देखाएको हार्दिकता र...