नयाँ सरकार गठन हाम्रो पार्टीको प्राथमिकता हैन : महन्थ ठाकुर

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम भएको बताएका छन्। सोमबार राति विज्ञप्ती निकाल्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको बताएका छन्। संसदमा विश्वासको मत नपाएपछि ओली सरकार ढलेसँगै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै संयुक्त विज्ञप्ति जारी गरेको

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारीको निष्कर्ष : बहुमतको दाबी गर्ने सम्भावना एकदम न्युन भयो

नेपाली कांग्रेसले बहुमतको नयाँ सरकार गठन गर्ने सम्भावना एकदम न्युन भएको निष्कर्ष निकालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट तोकिएको समयसीमा साँझ ९ बजेसम्म भएपनि त्यसअघि बिहीवार दिउँसो बसेको पार्टी पदाधिकारी बैठकले बहुमत पुग्ने सम्भावना नरहेको निष्कर्ष निकालेको हो । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले समर्थन गर्न नसक्ने भएपछि बहुमत नपुग्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । ‘बहुमत पुर्‍याउनका लागि महन्थ पक्ष पनि तयार देखिएनन् । माधव पक्ष पनि तयार देखिएन,’ कांग्रेस बैठ...

बालुवाटारमा ओलीसँग छलफल गरेर महन्थ र राजेन्द्र पुगे शीतल निवास

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो शीतल निवास पुगेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओलीसँग भेट गरेर महन्थ र राजेन्द्र शीतल निवास पुगेका हुन्। शीतल निवासमा नयाँ सरकार गठन र जसपाको भूमिकाका विषयमा छलफल हुने बुझिएको छ। प्रधानमन्त्री ओलीले…

ओलीको विकल्प दिन कठिन हुने संकेत

जनता समाजवादी पार्टी केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया जटिल बनेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठनको विपक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा विभाजित हुँदा संविधानको धारा ७६ (२) अनुसार बिहीबार साँझसम्म मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना कमजोर बन्दै गएको हो। ठाकुरसहितका १६ सांसदले नयाँ सरकार गठनको पक्षमा नउभिने जनाएसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीकै उपेन्द्र यादव पक्षसहितको समर्थ

ओली ढुक्क, अरु नेता ‘तनाव’मा

काठमाडौं। नयाँ सरकार गठन हुने विषयसँगै यतिखेर सबै दलका नेतृत्वको दैनिकी तनावपूर्ण छ। नेता माधवकुमार नेपाललाई राजीनामा दिए करियर सकिने, नदिए ओली सरकार बच्ने तनाव छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो नेतृत्वमा सरकार नबन्ने हो कि भन्ने चिन्ता छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ओली सरकार कसरी हटाउने भन्ने चिन्ता छ भने महन्थ ठाकुरलाई पार्टी नै फुट्ने चिन्ता छ।

ओली ढुक्क, अरु नेता ‘तनाव’मा

काठमाडौं। नयाँ सरकार गठन हुने विषयसँगै यतिखेर सबै दलका नेतृत्वको दैनिकी तनावपूर्ण छ। नेता माधवकुमार नेपाललाई राजीनामा दिए करियर सकिने, नदिए ओली सरकार बच्ने तनाव छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो नेतृत्वमा सरकार नबन्ने हो कि भन्ने चिन्ता छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओली सरकार कसरी हटाउने भन्ने चिन्ता छ भने महन्थ ठाकुरलाई पार्टी नै फुट्ने चिन्ता छ।

देउवालाई साथ नदिने महन्थ ठाकुरको भनाई, 'जसपा नयाँ सरकार गठनमा संलग्न हुँदैन'

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनमा आफ्नो साथ नहुने स्पष्ट पारेका छन्। सोमबार संसदमा तठस्थ देखिएका ठाकुरले मध्यराति एक विज्ञप्ति निकाल्दै जसपाको मुद्दा नयाँ सरकार गठन नरहेको दाबी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठन हुने प्रक्रिया शुरु भएको…

महन्थ ठाकुर वैकल्पिक सरकार गठनमा नलाग्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन प्रक्रियामा आफ्नो पार्टी नलाग्ने बताएका छन् ।

देउवालाई नसघाउने महन्थ ठाकुरको निर्णय

प्रतिनिधिसभामा तटस्थ बसेका जनता समाजवादी (जसपा) अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन प्रक्रियामा शेरबहादुर देउवालाई नसघाउने स्पष्ट पारका छन् । १५ सांसदसहित सरकारको चाबी हातमा लिएर बसेका ठाकुरको यो निर्णयसँगै नयाँ सत्ता समीकरणमा जुटेका काँग्रेस, माओवादी र उपेन्द्र यादव पक्षमा चुनौती थपिएको छ ।अध्यक्ष ठाकुरले सोमबार राति एक विज्ञप्ति जारी गरेर भनेका छन्, ‘जसपा सत्ताको प्राप्तिभन्दा एजेण्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट वि

माधव समूहको राजीनामा रोकिएपछि गठबन्धनको सरकार बन्न मुस्किल

काठमाडौं : नेकपा एमालेको नेता माधवकुमार नेपाल समूहको राजीनामा रोकिएपछि विपक्षीबाट गठबन्धनको सरकार बन्न मुस्किल पर्ने देखिएको छ। नयाँ सरकार गठन प्रक्रियामा निर्णायक देखिएको जनता समाजवादी पार्टीको मत विभाजन हुँदा नयाँ सरकार बन्न समस्या देखा परेको हो।माधव  समूहले राजीनामा नगरेपछि जसपाबाट ओलीविरुद्ध निर्णय गरेको भए नयाँ सरकार बन्न सक्थ्यो। जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। तर, अर्का अध्यक्ष महन्थ ठाकुर तटस्थ बस्

देउवा निवासमा सुरु भयो तीन दलको बैठक, नयाँ सरकार गठनबारे छलफल हुँदै

काठमाडौं : बुढानीलकण्ठस्थित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तीन दलको बैठक सुरु भएको छ। बैठकमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुने बताइएको छ। बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई नेता राजेन्द्र महतो सहभागी छन्।माओवादी केन्द्रको तर्फबाट अध्यक्ष…