विराटनगर : प्रदेश १ को प्रदेशसभाभित्र दशौं तथा बजेट अधिवेशन चलिरहेको छ।असार १९ गते बजेट पास भएसँगै स्थगित रहेको प्रदेशसभा बैठक आज (आइतबार) बाट शुरु भएको हो। तर बाहिर भने प्रदेश १ को नाम पहिचानको आधारमा अर्थात् किरात प्रदेश हुनुपर्ने माग राख्दै प्रदर्शन गरिरहेका छन्।नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा लगायतका पहिचानवादी संस्थाहरूले प्रदेशसभा घेराउ गर्दै प्रदर्शन गरेका हुन्।