लेखनाथ महोत्सवमा साढे ६ करोड कारोबार

पर्वत : कास्कीको पोखरा महानगरपालिकामा भएको १७ औँ संस्करणको लेखनाथ महोत्सवमा करिब साढे ६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक छत्रधर आत्रेयका अनुसार सोमवार सम्पम्न महोत्सवमा ६ करोड ४५ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। दुई लाख २० हजार दर्शकले महोत्सव अवलोकन गरेको  उनले बताए।महोत्सव अवधिभर विभिन्न क्षेत्रमा उत्कृष्ट भएका सहभागीलाई पुरस्कृत गरिएको थियो। महोत्सव फागुन २६ देखि चैत ७ गतेसम्म सञ्चालन भएको थियो। महोत्सवमा विभि