काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र हेफर नेपालबीच सम्झौता भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल र हेफर नेपालको प्रमुख डा. शुभनाथ महतोले हस्ताक्षर गरेका छन् । […]