'सुरक्षित इन्टरनेट दिवस'मा भिडियो प्रतियोगिता हुने, प्रत्येक प्रदेशबाट उत्कृष्ट तीन जनाले पाउनेछन् नगद पुरस्कार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले सुरक्षित इन्टरनेट दिवस (Safer Internet Day, 2023)को अवसरमा भिडियो प्रतियोगिता गर्ने भएको छ । प्राधिकरणका अनुसार 'सुरक्षित इन्टरनेटको लागि हातेमालो' शिर्षकमा भिडियो प्रतियोगिता गर्न लागिएको हो । यस प्रतियरुोगितामा १२ वर्ष देखि १८ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीहरुको सहभागिता जनाउन सक्ने छन् ।  प्रधिकारणका अनुसार प्रतियोगीले पठाउने भिडियोको अवधि अधिकतम २ मिनेटसम्मको मात्र हुनुपर्नेछ भने भिडियो MP4 Format मा हुनुपर्नेछ | विभिन्न प्रदेशका प्रतियोगीले आफ्नो प्रदेश अनुसार तल प्राधिकरणको वेवसाइटमा उल्लेखित इमेल ठेगानामा आफ्नो भिडियो पठाउनु पर्नेछ | प्राप्त भिडियोहरुलाई विशेषज्ञ समितिबाट मुल्यांकन गराई प्रत्येक प्रदेशबाट उत्कृष्ट तीन भिडियो छनौट गरिनेछ र नगद पुरस्कार वितरण गरिनेछ। सहभागी सबै बालबालिका तथा किशोरकिशोरीहरुलाई प्रमाणपत्रको व्यवस्था गरिएको छ। भिडियो बनाउँदा व्यक्तिगत, सामूहिक (बढीमा ४ जना सम्मको समूहमा वा बाल क्लब/विद्यालय मार्फत) बनाउन सकिनेछ । भिडियो नेपाली वा अँग्रेजी भाषामा बनाउनुपर्नेछ ।   प्रतियोगीको पहिचानको लागि भिडियोमा प्रतियोगीको दृष्य वा फोटो समावेश भएको हुनुपर्नेछ । भिडियो पहिले नै अन्त कतै प्रकाशन नभएको हुनुपर्नेछ। भिडियो बनाउन विषयगत क्षेत्रभित्र रहेर आफ्नो रुची अनुसारको विषयमा कथा, कविता, गित, नाटक, वक्तृत्वकला लगायतका रचनाहरुको माध्यमबाट आफ्नो सिर्जनशीलता प्रयोग गरी तयार गर्न सकिनेछ। भिडियो पठाउँदा आफ्नो जन्ममिति खुल्ने परिचयपत्र र फोटोको डिजिटल प्रति समेत पठाउनु पर्नेछ| भिडियो बनाउँदा जाति, भाषा, लिङ्ग, भुगोल वा अन्य कुनै पनि आधारमा आक्षेप लाग्ने वा भेदभाव हुने विषयवस्तु समावेश गर्न पाईनेछैन। प्रतियोगीले आफ्नो भिडियो मिति २०८० वैशाख ३१ गते  भित्र  पठाइसक्नुपर्नेछ |

सम्बन्धित सामग्री

चलचित्र ‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार जित्न सकिने भएको छ । आगामी पुस २९ गते रिलिज हुने चलचित्रले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ। निर्माता रमेश एमके पौडेलको निर्देशकिय डेब्यू चलचित्रले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको […]