काठामाण्डाै – सरकारले विभिन्न राजनीतिक समूहसँग आबद्ध रही विभिन्न कसुरमा संलग्न भएर जेलमा रहेका कैदीबन्दीको मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउन लागेकोमा विरोध गर्ने क्रम बढेकाे छ । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसकै नेताहरूले अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेका छन् ।
यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले याे अध्यादेशप्रति असन्तुष्टि जनाउनुभएकाे छ । उहाँले याे अध्यादेशकाे विषयमा पार्टीभित्र कुनै छलफल नभएकाे भन्दै सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने बताउनुभएकाे छ ।...