सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ- देउवाले बुझाएको हस्ताक्षर संविधानअनुकूल मान्न मिल्दैन [पूर्णपाठसहित]

प्रधानमन्त्री केपी शर्मा ओलीले यही प्रतिनिधि सभाबाट नयाँ सरकार बन्ने अवस्था नरहेकाले प्रतिनिधि सभा विघटनको सिफारिश गरेको भन्दै सर्वोच्च अदालतसमक्ष लिखित जवाफ पेश गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले सांसदहरूको समेत हस्ताक्षर समावेश गरी देखाएको बहुमतलाई संविधान अनुकूल मान्न नमिल्ने जिकिर प्रधानमन्त्री ओलीको छ । ‘विपक्षीले सम्माननीय राष्ट्रपतिसमक्ष पेश गर्नु भएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका र सम्मानित अदालतमा पेश गर्नुभएको कागजात र ती कागजातहरूमा भएको हस्ताक्षर हेर्दा ती हस्ताक्षरहरू विप...