राष्ट्रपति कार्यालयबाट सक्कल प्रति नआउँदा संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ प्रभावित

संवैधानिक निकायका ५२ पदाधिकारीहरुको नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार पनि प्रभावित भएको छ । राष्ट्रपति कार्यालयबाट पदाधिकारीको नियुक्तिसम्बन्धी कागजातको सक्कल प्रति सर्वोच्च अदालतमा नआएपछि बुधबारको संवैधानिक इजलासमा सुनुवाइ हुन सकेन ।