नाडामा केन्द्र र मोफसलबीच भिडन्त, कसले मार्ला बाजी ?

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा यतिखेर नयाँ कार्यसमिति चयन निम्ति चुनावी सरगर्मी बढ्दो छ । यही मंसिर २२ र २३ गते राजधानीमा नाडाले ४५ औँ साधारणसभा आयोजना गर्दैछ । सोही साधारणसभामा संघको नयाँ नेतृत्वका लागि दुई समूहबीच भिडन्त हुने भएपछि निर्वाचन रौनक बढेको हो ।नाडाको भावी नेतृत्वका लागि दुई व्यवसायी करण चौधरी र ध्रुव थापा आमुन्नेसामुन्ने हुँदैछन् । त्यसो त चौधरी र थापाले आ–आफ्नो एकल उम्मेदवारी मात्र दिएका छैनन्, नाडामा आफ्नो बलियो उपस्थिति देखाउन प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् ।