प्रेस सेन्टर नेपाल कञ्चनपुरको छैटौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन

कञ्चनपुर : नेकपा (माओवादी केन्द्र)निकट प्रेस सेन्टर नेपाल कञ्चनपुरको छैटौं जिल्ला अधिवेशनबाट अरुणप्रसाद भट्ट अध्यक्ष पदमा चयन भएका छन्।उपाध्यक्ष पदमा धर्मराज कठायत, महिला उपाध्यक्षमा मनिषा जोशी, सचिवमा भाष्कर केसी, सह सचिवमा विकास सिह महता, खडक कोली, कोषाध्यक्ष पदमा  डम्मरराज भट्ट चयन भएका छन्।यसैगरी, सदस्य पदमा प्रेमराज भट्ट, पदमराज पन्त, कल्पना चौधरी, सरस्वती भट्ट, बिर सिह ऐरी, पुष्कर दत्त भट्ट, नरेश राना, सुर्वण प्रशाद जोशी, धनसिह धामी, गोबिन्द राज अवस्थी, हरिना सार्की सोनी दमाई, मनोज ले

सम्बन्धित सामग्री

प्रेस सेन्टर नेपाल जुम्लाको अध्यक्षमा विजय रावत

जुम्ला । प्रेस सेन्टर नेपाल जुम्लाको अध्यक्षमा विजय रावत चयन भएका छन् । रावतको नेतृत्वमा १९ सदस्यीय कमिटी गठन गरिएको छ । प्रेस सेन्टरका केन्द्रीय सदस्य नेत्रबहादुर शाही र प्रेस सेन्टर जुम्लाका वरिष्ठ सल्लाहकार पूर्णप्रसाद

प्रेस सेन्टर अछाममा नयाँ नेतृत्व चयन

प्रेस सेन्टर नेपाल, अछाम शाखाको पाँचौं जिल्ला अधिवेशनले पुनः नरेन्द्र रावलको नेतृत्वमा २१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।

पत्रकार महासंघको निर्वाचनमा प्रगतिशीलसहित ११ संगठनबीच गठबन्धन

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा ११ संगठनबीच गठबन्धन बनेको छ । शुक्रबार ११ संगठनले संयुक्त विज्ञप्ति प्रकाशित गरी गठनबन्धन गर्ने निर्णय भएको जनाएका छन् । गठबन्धनमा प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जन पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, मिडिया नेपाल,प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ र लोकतान्त्रिक छापा माध्याम राष्ट्रिय समाज रहेका छन् । महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रतिगामी कदमविरुद्ध रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत ती संगठनहरुले जनाएका छन् । बैठकपछि जारी विज्ञप्तिमा मिडिया काउन्सिल विद्येयक, सार्वजनिक सेवा प्रसारण विद्येयक, सामाजिक सञ्जाल निर्देशिका (अनलाइन) लगायतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी, नागरिक अधिकार कुण्ठित गर्ने किसिमका सरकारले अघि बढाएका विद्येयकहरु फिर्ता गराउन थप संघर्ष गर्ने प्रतिबद्धता पनि व्यक्ति गरिएको छ। यस्तै, विज्ञप्तिमा सरकारी सञ्चारमाध्यमलाई एकलौटी ढंगमा प्रस्तुत गर्न र अन्य राजनीतिक दलका समाचारप्रति दूर्भावना राखी सम्प्रेषण गर्न बाध्य पारी त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरूमाथि मनोवैज्ञानिक दबाब दिने हर्कप्रति आपत्ति समेत जनाइएको छ । ११ संगठनको साझा विज्ञप्तिमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण संकटमा परेका साना तथा ठूला मिडिया उद्योगको पुनरुत्थानका कार्य अघि बढाउने प्रतिबद्धता समेत जनाइएको छ।