क्यानडा पठाइदिन्छु भन्दै नक्कली भिसा र टिकट बनाएर लाखाैँ रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

काठमाण्डौ – क्यानडा पठाइदिन्छु भनी नक्कली कागजात बनाएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका स्थाइ घर भइ काठमाण्डौको गौशाला बस्दै आएका २३ वर्षीय लालबाबु कापरलाई प्रहरीले पक्राउ गरेको हो । कापरले सर्लाहीका अरबिन्दकुमार साहलाई क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । आफू पनि क्यानडा जाने र क्यानडामा आफ्नो मान्छे भएकाले सजिलै क्यानडा पठाउन सक्ने भन्दै प्रलोभनमा पारेर १२ लाख २० हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । पैसा हात लागेपछि कापरले पीड...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।